+
+
Shares

कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार प्रशिक्षण १५–१७ साउनसम्म प्रशिक्षण सञ्चालन हुने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी तीन दिने आन्तरिक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
  • प्रतिष्ठानका अनुसार १५ देखि १७ साउनसम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा ४० जना युवा सहभागी हुने र विज्ञहरूले सहजीकरण गर्नेछन् ।
  • उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको प्रतिष्ठानले यस अभियानमार्फत विपद् व्यवस्थापनमा खटिने दक्ष युवा स्वयंसेवक निर्माण गर्ने लक्ष्य राखेको छ ।

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी आन्तरिक प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको १०–११ साउनमा बसेको छैठौं बैठकले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी तीन दिने आन्तरिक प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार प्रशिक्षण १५–१७ साउनसम्म प्रशिक्षण सञ्चालन हुने छ । प्रशिक्षणमा इच्छुकहरू मध्येबाट चुनिएका ४० युवा मात्रै पहिलो चरणमा सहभागी हुने बताइएको छ ।

प्रशिक्षणमा सैद्धान्तिक ज्ञानसँगै प्राविधिक सिप सिकाइनुका साथै अभ्याससमेत गराइने छ । प्राकृतिक विपद्को क्षेत्रमा लामो समयदेखि स्वदेश र विदेशमा कार्य गरिरहेका विषय विज्ञहरूले प्रशिक्षकका रूपमा सहजीकरण गर्ने दुलालले जानकारी दिए ।

प्रशिक्षणमार्फत विपद्मा सचेतनादेखि प्रतिकार्यसम्मका लागि कार्य गर्न सक्ने दक्ष युवाशक्ति निर्माण हुने विश्वास कांग्रेसले लिएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको प्रतिष्ठानले आगामी दिनमा ‘हरेक जिल्लामा विपद् व्यवस्थापन स्वयंसेवक’ को अवधारणाबमोजिम अघि बढ्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?