+
+
Shares

सुनसरी घटना छानबिन गर्न बनेको समितिमा को-को छन् ?

यो समितिले घटना छानबिन गरी एकहप्ताभित्र प्रतिवेदन बुझाउने म्याद पाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि उत्पन्न तनाव नियन्त्रण गर्न सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
  • गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको नेतृत्वमा गठित उक्त समितिले एक हप्ताभित्र घटनाको अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको छ।
  • घटनापछि सुनसरीको अवस्था अशान्त बनेकाले स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ भने गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरूसँग छलफल गरेका छन्।

१२ साउन, काठमाडौं । सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

थापाको संयोजकत्वमा रहेको समितिमा नेपाल प्रहरीका एसपी विपिन रेग्मी, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव शालिग्राम भण्डारी र जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव छन् ।

यो समितिले घटना छानबिन गरी एकहप्ताभित्र प्रतिवेदन बुझाउने म्याद पाएको छ । समितिले यसखाले घटना दोहोरिन नदिन केके गर्न सकिन्छ भन्नेबारे पनि प्रतिवेदनमा उल्लेख गर्नेछ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । उक्त घटनापछि सुनसरी अशान्त छ । स्थिति नियन्त्रण बाहिर गएपछि प्रशासनले कर्फ्यु लगाएको छ ।

सुनसरीको उक्त घटनापछि गृहमन्त्री सुधन गुरुङले सोमबार सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए । उक्त छलफलपछि ५ सदस्यीय समिति गठन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?