+
+
Shares

धादिङ बस दुर्घटनाबारे गृहमा बैठक, छानबिन समिति गठन

गृह मन्त्रालयले धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते ११:३७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृह मन्त्रालयले धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ।
  • धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ मा आइतबार राति बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।
  • नेशनल अस्पताल र ट्रमा सेन्टरमा २५ जना घाइतेलाई उपचार भइरहेको छ र एक जनाको उपचार क्रममा मृत्यु भएको छ।

११ फागुन, काठमाडौं । धादिङ बस दुर्घटनाको छानबिन गर्ने निर्णय भएको छ । दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटना बारे छानबिन गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् ।

दुर्घटनापछि गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीन वटै सुरक्षा निकायका प्रमुखहरु र सरोकारवाला निकायहरुबीच छलफल भएको थियो । छलफलमा घटनाको छानबिन गर्न समिति बनाउने निर्णय भएको हो ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार, कलंकीस्थित नेशनल अस्पतालमा एक महिलासिहत १० जना र ट्रमा सेन्टरमा १५ जना ल्याइएको छ । ट्रमामा एक जना युवकको मृत्यु भएको छ भने १४ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?