+
+
Shares

लमही-घोराही सडकखण्डमा बस दुर्घटना, ९ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १३:०५

११ फागुन, दाङ । दाङको लमही–घोराही सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

कपिलवस्तुको कृष्णनगरबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको यात्रु बस आज बिहान करिब १०:४० बजे चिसापानी भन्ने ठाउँमा दुर्घटना हुँदा ६ पुरुष र ३ महिला घाइते भएका हुन् ।

७ घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा र २ घाइतेको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

बस दाङको राप्ती गाउँपालिका ५ सिसहनियाँ बस्ने ३५ वर्षीय केशरबहादुर पुनले चलाएका थिए । बस चालक पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?