+
+
Shares

धादिङ बस दुर्घटना : यी हुन् काठमाडौं ल्याइएका २५ घाइतेहरू

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते ११:११

११ फागुन, काठमाडौं । धादिङ बस दुर्घटना घाइते भएकाका २५ जनालाई काठमाडौं ल्याइएको छ । तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार कलंकीस्थित नेशनल अस्पतालमा एक महिलासिहत १० जना र ट्रमा सेन्टरमा १५ जना ल्याइएको छ । ट्रममा एक जना युवकको मृत्यु भएको छ भने १४ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस आइतबार राति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका-५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । १७ जनाको घटनास्थलमाएक जनाको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

ट्रमा सेन्टरमा उपचार भइरहेका घाइतेहरू

१. नाम थर वतन नखुलेको अं ३२ वर्षीय पुरुष (उपचारका क्रममा मृत्यु)

२. चिनियाँ महिला अं. वर्ष २२ की मिसि हाउ

३. काठमाडौंको बौद्ध बस्ने वर्ष ४८-ऐन्जि शेर्पा

४. तनहुँको म्याग्दिका ४५ वर्षीय सोमप्रसाद मल्ल

५. झापाका ३० वर्षीय बिपिन मानन्धर

६. काठमाडौंको गोकर्णकी २८ वर्षीया पूजा फुयाल्

७. स्याङ्जाको फेदिखोलाका २६ वर्षीय सचिन्द्र सुनार

८  कास्कीको लेखनाथका प्रदिप लामिछाने

९. काठमाडौं बौद्धका नोर्बु पाल्देन

१०. काठमाडौं कपनकी शोर्णिमा खत्री

११. कास्कीकी १९ वर्षीय सलिना परियार

१२. तनहुको म्याग्दी गाउँपालिकाका ४४ वर्षीय मानबहादुर थापा

१३. काठमाडौं बौद्ध बस्ने ४८ वर्षीया लंसाङ्गोले लामा

१४. तनहुँको शुक्लागण्डकी-१२ की १९  वर्षीया  सदिक्षा हमाल

१५. झापाका ४० वर्षीय कृतिराज मानन्धर

नेशनल अस्पतालमा रहेका घाइतेहरू

१. काठमाडौंको सितापाइलाका ३३ वर्षीय राजेश कुँवर

२. तनहुँ भक्ते गापा-४ का १८ वर्षीय सुबिन मल्ल

३. कास्की लेखनाथका ३५ वर्षीया प्रतिभा पौडेल

४. काठमाडौं देविनगरका २३ वर्षीय चन्द्र आशीष फुँयाल

५. काठमाडौं बालाजुका १९ वर्षीय संगम मल्ल

६. कास्की चिसुवाकी ३९ वर्षीया प्रमिला भट्टराई

७. स्याङ्जा फेदिखोला-४ का ६४ वर्षीय डम्मरबहादुर बि.क.

८. काठमाडौं कलंकीका २५ वर्षीय कृष्ण तिवारी

९. कास्की-३२ का २० वर्षीय सुनम गुरुङ

१०. धादिङ धुनिबेशीका ३६ वर्षीय राजेन्द्र बिसुन्के

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?