+
+
Shares

धादिङ बस दुर्घटना अपडेट : काठमाडौंको ट्रमा सेन्टरमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते ९:१२

११ फागुन, काठमाडौं । धादिङ बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ ।

ट्रमा सेन्टरमा उपचारको क्रममा एक जना घाइतेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनको ठेगाना स्याङ्जा रहेको प्रहरीले जनाएको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस गएराति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।

घटनास्थलमा १७ जनाको मृत्यु भएको थियो । बसमा सवार ४४ जनामध्ये २७ जनालाई उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पताल पठाइएको थियो । अचेत अवस्थाकालाई मलेखु र जिल्ला अस्पताल पठाइएको थियो ।

रातिको समयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय र्‍याफ्टिङ व्यवसायीले उद्धार गरेका थिए ।

घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्‍याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो ।

बस सडकबाट तल त्रिशूली किनारको ढुंगामा बजारिएर क्षतविक्षत भएको छ । रातिको समय, अप्ठेरो स्थान र उद्धार सामग्री अभावका कारण उद्धारकार्यमा कठिनाइ महसुुस भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । ‘प्रहरीहरुको टर्च बाल्दै घाइतेहरुको उद्धार गर्‍यौं । हामीलाई उद्धार सामग्रीको अभाव जस्तो महसुस भयो,’ घटनास्थलबाट प्रमुख जिल्ला अधिकारी सुवेदीले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?