+
+
Shares

कुमारी, रमिताको पिरती, बिगुल, श्री बुकुरो, शिवांशले कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १२:५६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिनेश राउत निर्देशित फिल्म 'कुमारी' ले ९ फागुनसम्म देशब्यापी ६३ लाख २४ हजार ७१ रुपैयाँ ग्रस कमाएको छ।
  • सुदिप्ता अधिकारी निर्देशित 'रमिताको पिरती' ले सो अवधिमा २५ लाख ५५ हजार ८३ रुपैयाँ कमाइ गरेको छ।
  • तीन फिल्म 'बिगुल', 'श्री बुकुरो' र 'शिवांश' ले क्रमशः ८ लाख ९७ हजार ४१०, २ लाख ७२ हजार ९३० र २ लाख ६१ हजार ७५० रुपैयाँ ग्रस कमाएको छ।

काठमाडौं । पछिल्लो शनिबार अर्थात ९ फागुनसम्मको घरेलु बक्सअफिसको विवरण सार्वजनिक भएको छ ।

जसअनुसार, दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ ले सो अवधिसम्म देशब्यापी ६३ लाख २४ हजार ७१ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिमा यसका १९ हजार ३७९ वटा टिकट बिकेका छन् ।

सुदिप्ता अधिकारी निर्देशित ‘रमिताको पिरती’ ले २५ लाख ५५ हजार ८३ रुपैयाँ कमाइ गरेको छ । यसका ७८०३ वटा टिकट विक्री भएका छन् ।

यसबीच, ३ फिल्मले प्रदर्शन बीचमै स्थगित गरे ।

जसमा, ‘बिगुल’ ले ८ लाख ९७ हजार ४१० रुपैयाँ ग्रस कमाइ गरेको छ । यसका २६०९ वटा टिकट बिकेका छन् । ‘श्री बुकुरो’ ले २ लाख ७२ हजार ९३० रुपैयाँ ग्रस कमाएको छ । यसका ८०५ वटा टिकट बिकेका छन् ।

‘शिवांश’ ले २ लाख ६१ हजार ७५० रुपैयाँ ग्रस कमाएको छ । यसका ७८७ वटा टिकट बिकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?