+
+
Shares

‘कुमारी’ बिहीबारदेखि अस्ट्रेलिया र मध्यपूर्वमा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते २१:०१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'कुमारी' को अन्तर्राष्ट्रिय प्रदर्शन बिहीबारदेखि अस्ट्रेलिया र मध्यपूर्वका विभिन्न शहरमा सुरु हुँदैछ।
  • निर्माता महेन्द्र अधिकारीले अमेरिका र क्यानडामा पनि फिल्म छिट्टै रिलिज हुने जानकारी दिए।
  • 'कुमारी' फिल्ममा आकृति राजभण्डारी र अभिषेक खड्काले डेब्यू गरेका छन् र गीत 'डोको बुन्ने' चर्चामा छ।

काठमाडौं । नेपालमा गत हप्ता रिलिज भएको फिल्म ‘कुमारी’ को अन्तर्राष्ट्रिय प्रदर्शन बिहीबारदेखि सुरु हुँदैछ ।

नेपालमा समीक्षक तथा दर्शकबाट सकारात्मक प्रतिक्रियासहित प्रदर्शनमा रहेको यो फिल्मको प्रदर्शनको लागि टिकट बिक्री भइरहेको अस्ट्रेलिया र मध्यपूर्वका वितरकले जनाएका छन् ।

यो फिल्मलाई अस्ट्रेलियामा थ्री-केजी इभेन्ट्स र असकास्ट नेपालले रिलिज गर्न लागेका हुन् । त्यहाँका विभिन्न राज्यका हलले प्रदर्शन तालिका पनि सार्वजनिक गरिसकेका छन् ।

न्यू साउथ वेल्समा बरउड, हर्नस्बी, हस्र्टभिल र पारामान्टा, भिक्टोरियामा भिलेज सिनेमा सनसाइन र एयरपोर्ट वेस्ट, क्विन्सल्याण्डमा इभेन्ट सिनेमा चेर्मासाइड, एडिलेडमा इभेन्ट सिनेमा म्यारियन, तस्मानियामा भिलेज सिनेमा ग्लेनर्ची तथा पर्थमा इभेन्ट सिनेमा इनालुमा फिल्म लाग्नेछ ।

अन्य सहरमा पनि क्रमशः फिल्म रिलिज हुने जनाइएको छ ।

बिहीबारदेखि मध्यपूर्वका मुलुकमा पनि फिल्म रिलिज हुनेछ । रमेश ढकालको नेपफिल्मको व्यवस्थापनमा युएई, बहराइन र कतारका सबै प्रमुख सहरमा फिल्म रिलिज हुन लागेको हो ।

निर्माता महेन्द्र अधिकारीले अस्ट्रेलिया र मध्यपूर्वको रिलिजसँगै अन्य देशमा पनि दर्शकको माग उच्च रहेको बताएका छन् । उनले अमेरिका र क्यानडामा पनि रिलिज छिट्टै हुने जानकारी दिए । अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो तथा क्यानडामा मेरो इभेन्ट्समार्फत फिल्म रिलिज हुनेछ ।

दिनेश राउतको निर्देशन रहेको यो फिल्मबाट आकृति राजभण्डारी र अभिषेक खड्काले डेब्यू गरेका छन् । विकास सुवेदीको पटकथा रहेको फिल्मको गीत ‘डोको बुन्ने’ अहिले चर्चाको शिखरमा छ ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मले जीवनमा ठूलो समस्या भोगिरहेकी एक युवतीको कथासहितको प्रेमकथा बोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?