+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

‘कुमारी’ अमेरिका, अस्ट्रेलिया, क्यानडा, मध्यपूर्वमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘कुमारी’ अमेरिका, अस्ट्रेलिया, क्यानडा र मध्यपूर्वका मुलुकमा विभिन्न मितिमा प्रदर्शन हुने निर्माता महेन्द्र अधिकारीले बताए।
  • अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोलोराडो, अस्ट्रेलियामा असकास्ट नेपाल र थ्रीकेजी इभेन्ट्सले फिल्म वितरण अधिकार किनेका छन्।
  • फिल्म नेपालमा २३ माघदेखि प्रदर्शन तयारीमा छ र यसका गीत ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ चर्चित छन्।

काठमाडौं । फिल्म ‘कुमारी’ अमेरिका, अस्ट्रेलिया, क्यानडा र मध्यपूर्वका मुलुकमा प्रदर्शनमा आउने भएको छ । ती मुलुकमा विभिन्न मितिमा फिल्म रिलिज हुने जानकारी निर्माता महेन्द्र अधिकारीले दिए ।

उनका अनुसार अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोलोराडो, अस्ट्रेलियामा असकास्ट नेपाल र थ्रीकेजी इभेन्ट्स, क्यानडामा मेरो इभेन्ट्स र मध्यपूर्वमा रमेश ढकालको नेपफिल्म्सले फिल्मको वितरण अधिकार किनेका छन् ।

ट्रेलरले पाएको प्रतिक्रियापछि अन्य मुलुकबाट समेत प्रदर्शनको माग आइरहेको निर्माता अधिकारी बताउँछन् । दिनेश राउत निर्देशित यो फिल्म नयाँपुस्ताको प्रेमकथामा आधारित छ ।

फिल्ममा आकृति राजभण्डारी, अभिषेक खड्का, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शमाको अभिनय छ ।

चलचित्रका गीत ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ ले यसअघि नै चर्चा बटुलिसकेका छन् ।‘डोको बुन्ने’ गीतले ६० लाखभन्दा बढी भ्यूज प्राप्त गरिसकेको छ ।

यो फिल्म नेपालमा २३ माघदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?