News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'कुमारी' को बहुचर्चित गीत 'डोको बुन्ने निगालो चोयाले' युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको छ।
- टिकटकमा उक्त गीतमाथि ५० लाखभन्दा बढी भिडियो बनिसकेका छन् भने रिल्स र सट्समा पनि हजारौं भिडियो बनेका छन्।
- फिल्मले देशब्यापी १५२ शोज पाएको छ र दिनेश राउतको निर्देशनमा आकृति राजभण्डारी र अभिषेक खड्काको मुख्य भूमिका छ।
काठमाडौं । रिलिजको एकदिनअघि फिल्म ‘कुमारी’ लाई सांगीतिक सफलता मिलेको छ । फिल्मको बहुचर्चित गीत ‘डोको बुन्ने निगालो चोयाले’ लाई युट्युबमा १ करोडभन्दा धेरै पटक हेरिएको छ ।
सोसल मिडियामा चर्चामा केहरसिंह लिम्बुले कम्पोज गरेको यो गीतले फिल्मको प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्यो । रिल्सदेखि टिकटकसम्म यसमाथि लाखौं भिडियो बनिरहेका छन् । जसको कारणले युट्युबमा भ्यूज लोभलाग्दो बन्यो ।
टिकटकमा पनि गीतमाथि ५० लाखभन्दा बढी भिडियो बनिसकेका छन् भने रिल्स र सट्समा पनि हजारौंको संख्यामा बनेका छन् । यीबाहेक फिल्मका अन्य दुई गीत ‘तिमी बिना’ र ‘कता छौ’ पनि दर्शकले रुचाएका छन् ।
शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्मले देशब्यापी १५२ शोज पाएको छ । दिनेश राउतको निर्देशनमा बनेको यस फिल्ममा आकृति राजभण्डारी र अभिषेक खड्काको शीर्ष भूमिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4