News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबारदेखि नेपाली फिल्म 'कुमारी', 'रम्मिताको पिरती' र हलिउडको 'द स्ट्रेन्जर्स ः च्याप्टर ३' नयाँ फिल्म हलमा रिलिज हुँदैछन्।
- 'कुमारी' ले सबैभन्दा धेरै १५२ शोज पाएको छ र यो फिल्मको संगीतले दर्शकमाझ चर्चा बटुलेको छ।
- 'रम्मिताको पिरती' ले ९३ शोज पाएको छ भने 'द स्ट्रेन्जर्स ः च्याप्टर ३' ले ३९ शोज पाएको छ र १६ वर्ष माथिका दर्शकले मात्र हेर्न पाउनेछन्।
काठमाडौं । शुक्रबारदेखि ३ नयाँ फिल्म हलमा रिलिज हुँदैछन् । नेपाली फिल्म ‘कुमारी’ र ‘रम्मिताको पिरती’ तथा हलिउडको हरर फिल्म ‘द स्ट्रेन्जर्स ः च्याप्टर ३’ प्रदर्शन हुनेछन् ।
हलले चर्चा, सोसल मिडिया प्रभाव र स्टार कास्ट लगायतका सूचक हेर्दै शोज विभाजन गरेका छन् । प्रदर्शन हुन लागेकामध्ये सबैभन्दा धेरै शोज ‘कुमारी’ ले पाएको छ, जसको शोज संख्या १५२ छ ।
दिनेश राउत निर्देशित रोमान्टिक फिल्म ‘कुमारी’ अहिलेको प्रतीक्षित फिल्म हो । संगीतको कारण यो फिल्मले अहिले दर्शकमाझ चर्चा बटुलिरहेको छ । सामाजिक संजालमा पनि यसको चर्चा ब्यापक देखिन्छ ।
आकृति राजभण्डारी र अभिषेक खड्का स्टारर फिल्मको रनटाइम १२७ मिनेट र सर्टिफिकेट युनिभर्सल छ । जेनजी पुस्ताका दुई कलाकारलाई डेब्यू गराएर निर्देशक राउतले दर्शकमाझ नयाँ अनुहारलार्ई प्रस्तुत गरेका छन् । युवापुस्ताका चर्चित गायक केहरसिंह लिम्बुको गायनले यो फिल्मलाई अझै बलियो तुल्याएको छ ।
सुदीप्ता निर्देशित फिल्म ‘रमिताको पिरती’ ले कुल ९३ शोज पाएको छ । यो रोमान्टिक ड्रामाले लगातार ब्रेकअप भोगिरहेकी युवती पात्रलाई युवतीकै दृष्टिकोणबाट कथा भन्ने प्रयास गर्छ । यसमा आना शर्माले शीर्ष भूमिका निर्वाह गरेकी छन् ।
गायक समीर श्रेष्ठ, धीरज मगर र विनय श्रेष्ठले पनि यसमा अभिनय गरेका छन् । ११५ मिनेट रनटाइमको यो फिल्मले पीजी सर्टिफिकेट पाएको छ ।
हलिउडको हरर फिल्म ‘द स्ट्रेन्जर्स ः च्याप्टर ३’ ले कुल ३९ शोज पाएको देखिन्छ । एडल्ट सर्टिफिकेट पाएको यो हरर फिल्मलाई १६ वर्ष माथिका दर्शकले मात्र हेर्न पाउनेछन् । यो फिल्मको रनटाइम ९१ मिनेट छ ।
प्रतिक्रिया 4