Comments Add Comment

गोल्डेन बलको नोमिनेशनमा मेस्सी, मुलर, नेयमार र रोड्रिग्वेज

Golden-ball-1

विश्वकप फुटबलमा गोल्डेन बलका लागि फिफाले सार्वजनिक गरेको मनोनयनमा लिओनल मेस्सी, थोमस मुलर, नेयमार र जेम्स रोड्रिग्वेज परेका छन् । फिफाले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइने गोल्डेन बलका लागि १० खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा ४ खेलाडी जर्मनीका मात्र छन् ।

जर्मनीका मुलरसँगै कप्तान फिलिप लाहम, टोनी क्रुज र म्याट हृयुमल्स छन् । जर्मनीलाई फाइनलमा पुर्‍याउने क्रममा मुलरले विश्वकपमा पाँच गोल गरेका छन् । चार वर्ष अघिको विश्वकपमा गोल्डेन बुट जितेका उनले ब्राजिलमा पोर्चुगलविरुद्ध हृयाट्रिक गरेका थिए ।

अर्जेन्टिनाका स्टार स्ट्राइकर मेस्सीसँगै एन्जल डी मारिया र मासेरानो परेका छन् । उत्कृष्ट लयमा रहेका मेस्सीकै प्रेरणामा अर्जेन्टिनाले २४ वर्षपछि विश्वकपको फाइनलसम्मको यात्रा तय गरेको छ । उनले समूह चरणमा चार गोल गरेका छन् । तर, नकआउट चरणमा भने उनले गोल गर्न सकेका छैनन् ।

ब्राजिलका नेयमार, नेदरल्याण्डका आर्जेन रोबिन र कोलम्बियाका जेम्स रोड्रिग्वेज पनि परेका छन् । ब्राजिलका लागि चार गोल गरेका नेयमारले ढाडको एउटा हड्डी भाँचिएका कारण सेमिफाइनलसहितका खेल गुमाएका छन् । उनको अनुपस्थितिमा ब्राजिलले अन्तिम चारमा जर्मनीसँग जल्लास्पद हार व्यहोरेको छ ।

विश्वका खतरनाक विङ्गर रोबिनको उत्कृष्ट प्रदर्शनसँगै नेदरल्याण्डले विश्वकपमा सेमिफाइनल पुगेको थियो । तर, अर्जेन्टिनासाग टाइब्रेकरमा पराजित भयो ।

जेम्स रोड्रिग्वेज विश्वकपबाट उदाएका स्टार हुन् । उनकै प्रेरणामा कोलम्बियाले क्वाटरफाइनलसम्मको यात्रा तय गर्‍यो । विश्वकपको खेलेको पाँच बटै खेलमा गोल गर्ने उनी एक्ला खेलाडी हुन् । उनले कुल ६ गोल गरेका छन् । समूह चरणमा उरुग्वेविरुद्ध उनले गोलको गोललाई विश्वकपकै उत्कृष्ट गोलमध्ये एक मानिएको छ ।

यस्तै योङ प्लेयर अवार्डको नोमिनेसनमा फ्रान्सका पल पोग्बो र राफेल भराने र नेदरल्याण्डका मेम्पिस डिपाइ रहेका छन् ।

गोल्डेन ग्लोब अवार्डको प्रतिस्पर्धामा जर्मनीका गोलकिपर नुयुर, अर्जेन्टिनाका रोमेरो र कोष्टारिकाका नाभास परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment