Comments Add Comment

नेदरल्याण्ड तेस्रो, ब्राजिलको लगातार दोस्रो हार

Robin-van parsie

२९ असार, काठमाडौं । ब्राजिललाई पराजित गर्दै नेदरल्याण्ड विश्वकप फुटबलमा तेस्रो भएको छ । तेस्रो स्थानका लागि आइतबार विहान भएको खेलमा डच टीमले घरेलु टोलीलाई ३-० गोल अन्तरले पराजित गर्‍यो ।

ब्राजिल प्रतिष्ठाका लागि खेल्ने अपेक्षा गरिएको थियो तर, नेदरल्याण्डको अगाडि निरिह बनेपछि सेमिफाइनलमा जर्मनीसँग व्यहोरको ७-१ को लज्जास्पद हारको पीडामा मलम लगाउनुको सट्टा पीडा थपिएको छ ।

क्वाटरफाइनल खेलका क्रममा ढाडको एकटा हड्डी भााचिएपछि विश्वकप गुमाएका स्टार नेयमार टोलीको हौसला बढाउन मैदानमा पुगेका थिए । तर, हारले उनीमाथि झन पीडा थपिएको थियो । ब्राजिलले लगातार दोस्रो हार व्यहोरेपछि बेच्नमा बसेका उनी रोएका छन् ।

खेलमा नेदरल्याण्डले तेस्रो मिनेटमा नै पेनाल्टी गोलबाट अग्रता लिएको थियो । कप्तान थिएगो सिल्भाले आर्जेन रोबिनलाई डिबक्स एरियामा फल गरेपछि पाएको पेनाल्टीमा रोबिन भानपर्सीले गोल गरे । १६ औं मिनेटमा ब्लिडले करिव १५ यार्ड टाढाबाट गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

ब्राजिलले खेलमा फर्कने प्रयास गरेपनि सफल भएन । रामिरेजको प्रहार आकासियो भने ओस्कारले पनि गोल गर्न सकेनन् ।

खेलको अतिरिक्त समयमा विनाल्डनले गोल गरेपछि नेदरल्याण्डले ३-० को जित हात पारेको छ । ब्राजिलको डिफेन्स निकै कमजोर देखिएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment