Comments Add Comment

विश्व साइकलयात्री पुष्कर शाह अस्ट्रेलियन मन्त्रीद्वारा सम्मानित

puskar-shaha-1

६ साउन, डार्विन । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाह अस्ट्रेलियाको डार्विनमा त्यहाँका बहुसाँस्कृतिक मामिला मन्त्री पिटर स्टायल्सद्वारा सम्मानित भएका छन्।

नेपाली एसोसियसन अफ नर्दन टेरिटोरिले आयोजना गरेको कार्यक्रममा मन्त्री स्टायल्सलाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको थियो। विश्व साइकल यात्री शाहको सम्मान तथा नेपालको ग्रेट हिमालय क्षत्रमा इ-लाइब्रेरी बनाउने उनको योजनालाई सघाउन आईतवार २० जुलाईका दिन भएको कार्यक्रममा डार्विनका नेपाली तथा अन्य समुदायका प्रतिनिधिहरु पनि उपस्थित थिए।

औपचारिक तथा अनौपचारिक गरी दुई चरणमा भएको सो कार्यक्रममा शाहले आफ्नो विश्व साइकल यात्राका क्रममा भोगेका बिभिन्न अनुभव हरु सुनाएका थिए। शाहको सन १९९८ मा दोलखाबाट यात्रा सुरु गरेदेखी सन् २०१० मा सगरमाथा आरोहण गरेसम्मका भिभिन्न तस्बिर र अनुभबहरुको प्रस्तुतिले कार्यक्रमलाई निक्कै रोमान्चक बनाएको थियो।

puskar-shaha-2

साइकलमा १५० देश घुमीसकेका शाहको अफ्रिकामा लुटिंदादेखि न्युजिल्यान्डमा साइकल चोरी हुँदा र मेक्सिकोमा अपहरणमा पर्दासम्मका दर्दनाक घटनाहरुले उपस्थित सबैको ध्यानाकर्षण गराएको थियो। आफ्नो प्रस्तुतीको अन्त्यमा शाहले मुगू जिल्लामा साइकल हेर्न भनेर दौडिएका केटाकेटीहरुको दृश्य देखाउँदै साइकल समेत नदेखेका ती बालबालिकाहरुलाई संसार देखाउन इ-लाइब्रेरी बनाउने योजनामा लागेको बताएका थिए।

कार्यक्रमको सुरुदेखि अन्त्यसम्म बसेका मन्त्री पिटर स्टायल्सले शाहको अर्थ संकलनमा सहयोग गर्न इच्छुक रहेको बताउँदै विश्वमा शान्ति फैलिरहोस् भनेर उनले गरेको विश्व साइकल यात्राको प्रसंसा गरेका थिए। कार्यक्रममा सोही दिन एक हजार डलर भन्दा बढी रकम सङ्कलन भइसकेको छ भने नेपाली तथा अन्य समुदायबाट सहयोग आउने क्रम पनि जारी छ।

puskar-shaha

एनएएनटिका अध्यक्ष गणेश अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अतिथीहरुलाई स्वागत गर्दै एनएएनटिका पूर्व अध्यक्ष तथा कलाकार नितेशराज पन्तले विश्व साइकल यात्री शाहको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रमका अतिथिहरुमा मन्त्री स्टायल्सका सल्लाह्कार तथा जनसंपर्क अधिक्रित लिन्डा फजाल्डिन, फिलिपिनो अस्ट्रेलियन एसोसियसनका अध्यक्ष्य ओस्कार पारीयन र एनआरएन- नर्दन टेरिटोरी राज्यका सङ्योजक प्रकाश आचार्य थिए । सो कार्यक्रमको संयोजन संचारकर्मी बासुदेव मरहट्ठाले गरेका थिए । शाहको सम्मानमा यसअघि मेलबर्न, एडिलेड र एलिसस्प्रिङ्गमा पनि कार्यक्रम भइसकेको छ भने ब्रिज्बेन, पर्थ र सिड्निमा पनि उनलाई सम्मान गरिंदै छ।

संसारको सबैभन्दा लामो र उचाइमा रहेको ग्रेट हिमालय ट्रेल मा इ- लाइब्रेरी बनाउन शाह बिगत तीन महिनादेखि साइकलमा अस्ट्रेलिया चक्कर लगाउँदै छन्। ग्रेट हिमालय ट्रेल पूर्व ताप्लेजुङ्देखि पश्चिम दर्चुलासम्म फैलिएको छ। शाह र उनको टोलीले गतबर्ष ४५ दिनमा साइकलबाटै सो ट्रेल पार गरेका थिए।

puskar-shaha-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment