Comments Add Comment

  जनसम्पर्क समिति स्पेनको चौथो अधिबेशन सेप्टेम्बर १५ मा हुने

वसन्त रानाभाट

बार्सिलोना । नेपाली जनसम्पर्क समिति स्पेनको चौथो अधिबेशन आगामी सेप्टेम्बर १५ तारिक स्पेनको बार्सिलोनामा हुने भएको छ ।

बार्सिलोनामा मंगलबार सम्पन्न समितिको नियमित बैठकले, अधिबेशको मिति तय गरी यसलाई सफल पार्न भन्दै अधिबेशन मूल आयोजक समितिमा, कार्यसमिती रहने गरी अध्यक्ष चिन्तामणि सापकोटालाई समन्वय संयोजक तोकेको छ ।

 यस्तै सदस्यहरुमा पुष्प राज भण्डारी,एक राज गिरी,अनिल गुरुङ ,बिनोद ढकाल र उमेश अधिकारी रहेका छन् । बैठकले पुष्पराज भण्डारीको संयोजकत्वमा बिनोद लामिछाने र नारायण पौडेल सदस्य रहने गरी तिन सदस्यीय निर्वाचन समिती समेत गठन गरेको छ ।

अधिबेशनको मिति तयसँगै,बार्सिलोनाको बढ्दो गर्मी जस्तै समितिको नेतृत्ब लगायत पदाधिकारीको बारे चर्चा परिचर्चा पनि ह्बात्तै बढ्ने संकेत मिलेको छ । यही नोबेम्बर २९ र ३० का दिन नेपाली जनसम्पर्क समिति यूरोपको महाधिबेशन सम्पन्न गर्नका लागि स्पेनलाई जिम्मा दिएकोमा स्वागत गर्दै बैठकले भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको महा-मन्त्री बेदराम कंडेले जानकारी दिए ।

समितिका अध्यक्ष चिन्तामणि सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकले आगामी सेक्टेम्बर ९ तारिक, यस बर्ष पनि बार्सिलोनामा बि.पी. जयन्तिको अबसरमा खुल्ला भलिबल कप आयोजना गर्ने निर्यण समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment