Comments Add Comment

रोबोटले भिडन्त गर्नेछ २०२० को ओलम्पिकमा

आफ्नो देशले आयोजना गर्ने सन् २०२० को ओलम्पिक खेललाई सम्झनलायक क्षण बनाउने निधो गरेका छन् जापानी प्रधानमन्त्री शिन्जो आबेले ।
ओलम्पिकलाई अहिलेसम्मकै सबैभन्दा विशेष बनाउने बाटो के हुनसक्छ ? अवश्य पनि रोबोटलाई ओलम्पिक प्रतियोगितामा उतार्ने, जसले विश्वको प्राविधिक उपलब्धीलाई समेत दुनियासामु देखाउनेछ ।

Robot
जापानी प्रधानमन्त्री आबेले हालै टोकियो र साइतामास्थित रोबोट कारखानाको भ्रमणपछि यस्तो प्रतिक्रिया दिएका हुन् । साथै उनले जापानको विद्यमान रोबोट उद्योगलाई तिनगुणा विस्तार गर्नका लागि समेत एक कार्यदल बनाउने घोषणा गरेका छन् ।
रोबोट उद्योगले जापानको अर्थतन्त्रलाई पुनर्जिवन दिन सहयोग गर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री आबेले रोबोट बजारलाई २४ अर्ब डलरसम्म बढाउने आशा गरेका छन् ।
‘सन् २०२० मा विश्वभरका रोबोटलाई जम्मा गर्न सकियोस् र रोबोटकै ओलम्पिक प्रतियोगिता समेत गर्न सकियोस् जहाँ रोबोटहरु आफ्नो प्राविधिक कौशलमा प्रतिस्पर्धा गर्नेछन्’, आबेले भनेका छन् ।
जापानले रोबोटलाई देशको आर्थिक वृद्धि रणनीतिको मुख्य खम्बा बनाउन सक्ने दाबी उनको छ ।
यद्यपि वृहत तहमा रोबोटको प्रतिस्पर्धा गरिने त्यो मात्र पहिले पटक भने हुनेछैन । सन् २०१० मा चीनले विभिन्न १६ इभेन्टका रोबोट प्रतिस्पर्धा आयोजना गरेको थियो । त्यस्तै रोबोकप र डार्पा रोबोटिक्स च्यालेन्ज जस्ता प्रतियोगिता समेत आयोजना हुने गरेका छन् । त्यस्तै सन् २०१६ मा स्विजरल्याण्डमा विश्वकै पहिलो साइबर्ग ओलम्पिक समेत आयोजना हुँदैन ।
रोबोट उद्योगको अग्रणी मानिने जापानले हालै मानिसको संवेदना बुझ्ने रोबोट समेत निर्माण गरिसकेको छ । त्यस्तै रोबोट समाचारवाचिकाका साथै खेलमा कहिल्यैपनि हराउनै नसकिने रोबोट समेत जापानले बनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment