Comments Add Comment

एनआरएनए बेल्जियमको पाँचौं साधारण सभा सम्पन्न

belgum0
बेल्जियम । एनआरएन बेल्जियमको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बेल्जियममा रहेका नेपालीहरुलाई आपत बिपतमा सहयोग गर्ने उद्देश्यले स्थापित परोपकारी कोषलाई निरन्तरता दिदै कठिन अवस्थामा रहेका नेपालीहरुको लागि विशेष कार्यक्रमको योजना अगाडि बढाउने घोषणासहित साधारणसभा सम्पन्न भएको हो । साधारणासभा आईतवार बेल्जियमको लुभेनमा भएको थियो ।
परोपकारी कोषमा सहयोग बढ्दै गएको उल्लेख गर्दै एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले तत्काल असजिलो अवस्थामा रहेकालाई सहयोग उपलब्ध गराईएको बताउदै निकट भविष्यमा मापदण्ड निर्धारण गरी सहयोग वितरण कार्यलाई प्रभावकारी गराउने भावी कार्यक्रम रहेको बताए ।

belgum1
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका महासचिव कुमार पन्तले आफ्नो प्रमुख अतिथिको आसन बाट शुभकामना सहित आफ्नो मन्तब्य को क्रममा सम्पुर्ण गैर आवासीय नेपालीहरु को चिन्ता नेपाल प्रतिकै रहको यस प्रति एनआरएनले नेपालको पर्यटकीय बिकास मा आफ्नो लगानी अगाडी बढाउन लागेको र हाइड्रोपावर निर्माण आगाडी बढिरहेको समेत जानकारी गराएका थिए । एनआरएनका प्रमुख संरक्षक रामप्रताप थापाले नेपाल र नेपालीको समृद्वीको लागी स्थापित एनआरएनले नेपालमा विभिन्न कार्य गर्न शुरु गरेको बताउदै एनआरएनको ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मागलाई संबिधानमा सुनिश्चित गर्न माग गरेका थिए । यसै गरि एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठले एनआरएनले देश बिदेशमा थुप्रै परोपकारी कार्य गरेको उल्लेख गर्दै सस्थाको बिकाशको लागी सबैको सहभागिता र सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।

belgum2
कार्यक्रममा नेपाली दूतावासका प्रतिनिधि लक्ष्मण खनालले नेपाल र नेपालीको समृद्वीको लागी गरीने कार्यमा दूतावासको सधै सहयोग रहने बताउदै सुरक्षित आप्रावास सम्वन्धमा एनआरएनले उठान गरेको कुराले दूतावास ध्यानाकर्षण भएको जानकारी गराए ।
दुई चरणमा सम्पन्न कार्यक्रम अन्तर्गत दोश्रो सत्रमा एनआरएन बेल्जियमका महासचिब माधब सापकोटाले प्रस्तुत गरेको प्रतिबेदन केहि संसोधन सहित तथा कोषाध्यक्ष नरहरी सापकोटाद्वारा प्रस्तुत आर्थिक प्रतिबेदनलाई सभाले पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment