Comments Add Comment

हाम्रा अक्षर राम्रा थिएनन्- रक्षा र स्वर्णिमा

hand writing

नविन अर्याल

अमेरिकाको न्यूयोर्कमा आयोजित ‘विश्व हेन्डराइटिङ प्रतियोगिता’ मा नेपाली छात्राद्वय रक्षा अर्याल र स्वर्णिमा शाक्य विजयी भए । अर्याल कर्सिभ हेन्डराइटिङ र शाक्य आर्टिस्टिक हेन्डराइटिङ विधामा विजयी भएका हुन् । दुबै छात्राले सुरूमा आफ्ना अक्षरहरू नराम्रो रहेको र मेहनत गर्दा जे काम पनि सम्भव हुने अनुभव सुनाएका छन् ।

रक्षा अर्याल, (कर्सिभ हेन्डराइटिङ बिजेता), होली गार्डेन स्कुल, बालाजु, कक्षा १०

विश्व हस्तलेखन (हेन्डराइटिङ) प्रतियोगितामा प्रथम हुँदा मलाई निकै खुशी लागेको छ । मैले खासै मेहनत नगरिकन जस्तो हेन्डराइटिङ थियो, त्यस्तै लेखेको हेन्डराइटिङले पनि मलाई यति ठूलो रिजल्ट दियो । त्यसपछि मलाई मेरो हेन्डराइटिङ राम्रो रहेछ भन्ने लाग्यो ।

विजेता भएको थाहा पाउँदा मलाई निकै खुशी लाग्यो । त्योबेला म पढिरहेको किताव कापी बन्द गरेर रमाउन थालेँ । भोलिका लागि एक्साइटमेन्ट भएको थियो, साथी र गुरुहरुले के भन्नुहोला भनेर । स्कुल जाँदा सबैले बधाइ दिनुभयो । कल्पनासम्म नगरेको कुरा हुन गएको थियो । सबैजना खुशी हुनुभयो । साथीहरुले भन्न थाले, मैले पहिला नै भनेको थिएँ, तिम्रो हेन्डराइटिङ राम्रो छ भन्दा तिमीले कहिल्यै पत्याएनौ, अब त पत्यायौ ?

मलाई प्रतियोगितामा भाग लिँदा जित्छु भन्ने त परै जाओस्, टप ५० मा पनि आउँदिन जस्तो लागेको थियो । किनभने ५९ देश सहभागी भएको देशमा एक्लै सहभागी भएर विजयी बन्नु नट अ जोक । टिचरले हेन्डराइटिङ राम्रो छ भनेर इन्करेज गरेपछि मैले भाग लिएकी हुँ । मैले नर्मल हेन्डराइटिङमै भाग लिएकी थिएँ । तर, कल्पना नगरेको रिजल्ट आयो ।

मेरा साथीभाइ, सरहरु, बुवाआमालाई मेरो हेन्डराइटिङ राम्रो लागे पनि मलाई विश्वास लाग्दैनथ्यो । अरुको हेन्डराइटिङ हेथेर्ं, मेरो भन्दा उनीहरुको बेटर जस्तो लाग्थ्यो । तै पनि मेरो हेन्डराइटिङ नराम्रो छ भन्नेचाहिँ लाग्दैनथ्यो । हेन्डराइटिङले मेरो परीक्षामा ग्रेड बढाउने पनि काम गरेको छ । परीक्षामा राम्रो हेन्डराइटिङ चाहिन्छ ।

अल नेपाल हेन्डराइटिङ इन्स्टिच्यूटले हाम्रो स्कुलमा गएर काउन्सिलिङ गरेको रहेछ । स्कुलले इन्फरमेसन प्रोभाइड गर्‍यो । टिचरले आएर मलाई तिम्रो हेन्डराइटिङ राम्रो छ, यसरी गर भनेर टिप्ससमेत दिनुभयो । यही कारण सहभागी हुन पाइयो ।

rakshya-aryalआठ कक्षासम्म हेन्डराइटिङ नराम्रो

कक्षा आठसम्म पढ्दा मेरो हेन्डराइटिङ नराम्रो थियो । एउटा इन्सिडेन्टले पिन्च गरेपछि मैले हेन्डराइटिङमा सुधार गरेकी हुँ । सरले मलाई जतिबेला पनि तिम्रो हेन्डराइटिङ नराम्रो छ भन्नुहुन्थ्यो । त्यतिबेला मैले केयर गर्दिनथें । परीक्षामा पनि मैले २५ नम्बरको साइन्सको प्रश्नपत्रमा हेन्डराइटिङ नराम्रो भएका कारण एक नम्बर गुमाएर २४ पाएकी थिएँ ।

त्यतिबेला सरले बोलाएर तिमीले साइन्समा उच्च नम्बर ल्याएकी छौ, तर तिम्रो हेन्डराइटिङ नराम्रो भएका कारण एक नम्बर काटेको छु भन्नुभएको थियो । कपीमा ग्रेड दिँदा पनि ‘सी’ ‘डी’ दिनुहुन्थ्यो । त्यही पिन्चले गर्दा मेरो हेन्डराइटिङ बदलियो । त्यसलाई मैले आफ्नो कमजोरी ठानेर अक्षर सुधार्न थालेकी हुँ ।
नराम्रो कामलाई राम्रो बनाउन सकिन्छ । तर, त्यसमा इगो हुनुपर्छ । त्यसमा इफोर्ट लगाउनुपर्छ । मेरो यो उद्देश्य हो, यसलाई पुरा गरेरै छाड्छु भन्ने दृढ संकल्प लिएर अगाडि बढेमा जे पनि काम गर्न सकिन्छ ।

दैनिक एक पेज लेख्न थालें

त्यो घटनापछि मैले डेली एक पेज हेन्डराइटिङ मेहनत गरेर लेख्न थालेँ । अनि सरहरुलाई देखाउन थालेँ । त्यति गर्दा पनि २/३ महिनासम्म ‘सी’ वा ‘डी’ ग्रेड दिनुहुन्थ्यो । एकपटक मेरो कपी हेरेर सरले एकैचोटि ‘सी’ ग्रेडबाट ‘ए’ ग्रेड दिनुभयो । त्यो दिन एकदमै खुशी भएकी थिएँ ।
त्यतिबेला मलाई लाग्यो, ए ग्रेड पाउँदैमा खुशी हुनुहुँदैन, मैले ए प्लस पाउनुपर्छ भनेर अक्षरमा मेहनत गर्न थालें। एक वर्ष मैले रेगुलर हेन्डराइटिङ प्राक्टिस गरेँ ।

कसरी हेन्डराइटिङ राम्रो बनाउने ?

हेन्डराइटिङ राम्रो बनाउन पहिले त आफ्नै मेहनत चाहिन्छ । अरुले त सर्पोट गर्नेमात्र हुन् । हामीले जुनसुकै ठाउँमा, जतिबेला लेख्दा होस्, वा रफ गर्दा पनि हामीले राम्रो अक्षर बनाएर लेख्नुपर्छ । हाम्रो बानी के हुन्छ भने रफ लेख्दा अक्षर पनि रफ बनाएर लेख्छौं । तर, रफमा लेख्दा पनि सक्दो अक्षर राम्रो बनाएर लेख्ने कोशिस गर्नुपर्छ ।

सकेसम्म बिहान उठेपछि रेगुलर एक पेज हेन्डराइटिङ मेहनत गरेर लेख्नुपर्छ । रफ गर्दा पनि उत्तिकै महत्व दिएर लेख्नुपर्छ । पहिला अक्षर नराम्रो भए पनि पछि प्रतिवद्धताका साथ मेहनत गरेमा राम्रो बनाउन सकिन्छ ।

'आर्टिष्टिक ह्याण्डराइटिङ' बिधामा बिश्व च्याम्पियन बनेको स्वर्णिमा शाक्यको ह्यान्डराइटिङ
‘आर्टिष्टिक ह्याण्डराइटिङ’ बिधामा बिश्व च्याम्पियन बनेको स्वर्णिमा शाक्यको ह्यान्डराइटिङ

सीए बन्न चाहान्छु

यो हेन्डराइटिङ प्रतिस्पर्धामा ३ वर्ष लगतार विजयी भएमा लाइफ टाइम अचिभमेन्ट अवार्ड पाइन्छ । यो अवार्ड लाइफकै सबैभन्दा ग्रेट अचिभमेन्ट हुन्छ । यो प्राप्त गर्नलाई पनि मेहनत गर्नुपर्छ । साथै, अध्ययन पनि मेरा लागि उत्तिकै महत्वपूर्ण रहेको छ । त्यहाँ पनि समय लगाउँछु ।

म राम्रोसँग पढेर पछि ठूलो चार्टर्ड एकाउन्टेन्ट बन्न चाहान्छु । म अहिले क्लासमा सेकेन्ड पोजिसनमा छु ।

swonima shkyaस्वर्णिमा शाक्य, (आर्टिस्टिक हेन्डराइटिङ विजेता) जेम्स स्कुल, कक्षा ६, काठमाडौं

हेन्डराइटिङ प्रतिस्पर्धामा प्रथम हुँदा निकै खुशी लाग्यो । यस भन्दा अगाडि यही प्रतिस्पर्धामा सेकेन्ड भएको हुँदा केही न केही नतिजा आउँछ कि भन्ने लागेको थियो । फेरि सेकेन्ड हुन्छु कि भन्ने लागेको थियो ।

नेशनल हेन्डराइटिङमा प्रथम हुन थालेपछि प्यारेन्स, टिचर्स तथा साथीहरुले धेरै इनकरेज गर्नुभयो । अनि त्यही इनकरेजलाई आत्मसाथ गरेर मेहनतपूर्वक प्रतिस्पर्धामा होमिएकी हुँ ।

मेरो अक्षर पहिला त्यति राम्रो थिएन । तर, मेरो अक्षर अरुको भन्दा अलि फरक र राम्रो भने थियो । पछि अझ राम्रो गर्दै आएँ । पहिला कर्सिभमा पठाएकी थिएँ । अहिले आर्टिस्टिक हेन्डराइटिङ पठाएकी थिएँ । कर्सिभ भन्दा मेरो आर्टिस्टिक हेन्डराइटिङ राम्रो छ । मलाई कर्सिभ, आर्टिस्टिक र इटालिक हेन्डराइटिङ राम्रो लेख्न आउँछ ।

यसरी अक्षर राम्रो बनाउन सकिन्छ

हेन्डराइटिङ राम्रो बनाउन सबैभन्दा पहिला भित्रैदेखि आउनुपर्छ । मेहनत गर्न सकेमा पक्कै पनि राम्रो हेन्डराइटिङ गराउन सकिन्छ । कहिले गिभअप गर्नुहुँदैन । प्राक्टिस गरिरहनुपर्छ । हेन्डराइटिङ राम्रो बनाउनका लागि मुड पनि हुनुपर्छ । परीक्षामा मात्र हेन्डराइटिङ लेखेर राम्रो हुँदैन । त्योबेला हतार-हतार लेख्नुपर्ने हुन्छ ।

मुड आएको बेलामा उपयुक्त ठाउँ छनोट गरेर हामीले हेन्डराइटिङ प्राक्टिस गर्नुपर्छ । हरेक दिन प्राक्टिस गर्नैपर्छ । अक्षर राम्रो नभएसम्म लागिपर्नुपर्छ । पछि पनि राम्रो बनाउन सकिन्छ । धेरैले पछि पनि हेन्डराइटिङ राम्रो बनाएका उदाहरण पनि प्रशस्तै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment