Comments Add Comment

स्याङ्जा परिवार कोरियाद्वारा अस्पताललाई निशुःल्क एम्बुलेन्स

Ambulanceप्रतिक्षा काफ्ले

६ भदौ,स्याङ्जा । स्याङ्जा परिवार दक्षिण कोरियाले जिल्ला अस्पताललाई निशुल्क एम्बुलेन्स हस्तान्तरण गरेको छ । दक्षिण कोरियामा गरिएको सांस्कृतिक कार्यक्रमबाट संकलित रकमले एम्बुलेनस प्रदान गरिएको हो ।

१० लाख ७४ हजार रुपैयाँ पर्ने एम्बुलेन्स जिल्ला अस्पताल स्याङ्जाका अध्यक्ष दीपक लम्साल र कांग्रेसका सभाषद गोपालमान श्रेष्ठलाई कोरियाबाट आएका नरेश केसीले एम्बुलेन्सको चाबी दिएर हस्तान्तरण गरेका हुन् ।

‘एम्बुलेन्सको सही सदुपयोग होस, निशुल्क एम्बुलेन्स भन्दैमा लपरबाही नहोस, यसको निगरानी गरिरहने छौ ।’ चावी हस्तान्तरण गर्दै केसीले भने, ‘कोरीयामा रहेर ८ घण्टा डियूटी गर्ने ठाँउमा खाजा नखाई १६ घण्टा ड्यूटी गरी सहयोग गरेका छा,ै यसको राम्रो सदुपयोग होस ।’

चाबी बुझ्दै कांग्रेसका सभासद गोपालमान श्रेष्ठले जिल्ला अस्पतालमा निशुल्क पाएको एम्बुलेन्सको राम्रो सदुपयोग गर्ने बताए । अस्पतालका अध्यक्ष दीपक लम्सालले अस्पताल चलाउन कठिन भएको जनाउँदै एम्बुलेन्सले जिल्लाबासीको ज्यान बचाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment