Comments Add Comment

डि मारियाले शनिबार प्रिमियर लिगमा डेब्यू गर्ने

Angel-di-Maria

११ भदौ, काठमाडौं । म्यानचेष्टर युनाइटेडले कीर्तिमानी मूल्यमा अर्जेन्टिनी विंगर एन्जल डि मारियालाई क्लबमा अनुवन्धन गरेको छ ।

डि मारियाले पाँच बर्षे सम्झौतामा हस्ताक्ष गरेका छन् । उनले शनिबार बार्नेलीविरुद्ध प्रिमियर लिगमा डेब्यू गर्नेछन् ।

२६ वर्षका डि मारिया ब्रिटिस ट्रान्सफरको कीर्तिमानी रकम ५९.७ मिलियन पाउण्डमा स्पेनिस जाइन्ट रियल मड्रिडबाट वल्र्ड ट्राफर्ड आएका हुन् ।

म्यानचेष्टर युनाइटेडका प्रशिक्षक लुइस भानगालले डि मारिया विश्वस्तरको खेलाडी भएको बताए । उनी आफ्नो टोलीको महत्वपूर्ण सदस्य हुने भान गालको भनाइ छ ।

डि मारियाले भने भानगाल शानदार कोच भएको र उनको भिजनबाट आफू प्रभावित रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment