Comments Add Comment

अन्तर्राष्ट्रिय प्रर्दशनीमा भाग लिन उद्योगमन्त्री टर्की प्रस्थान

१२ भदौ, काठमाडौं । उद्योगमन्त्री कर्णबहादुर थापा बिहीबार विहान टर्की प्रस्थान गरेका छन् । भदौ १३ देखि २२ गतेसम्म टर्कीको इजमिर महानगरमा हुन लागेको इजमिर अन्तर्राष्ट्रिय प्रदर्शनीमा भाग लिन मन्त्री थापा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सोही अवसरमा मन्त्री थापाले त्यहाँका मन्त्री इसिकसँग द्विपक्षीय वार्ता गर्ने, द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (विप्पा)का विषयमा पनि छलफल गर्ने बताइएको छ । संसारका विभिन्न देशको औद्योगिक विकासको विषयमा जानकारी पाउने भएकाले सम्मेलन नेपालका लागि फलदायी हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment