Comments Add Comment

एनआरएनको आठौं क्षेत्रीय सम्मेलन आजदेखि शुरु

nrn-nagano-1

२ असोज, तातेसिना (जापान)। गैरआवासीय नेपाली संघको आठौं क्षेत्रीय सम्मेलन जापानको नागानोस्थित तातेसिना रिसोर्टमा सुरु भएको छ ।
बिहीवारदेखि सुरु भएको सम्मेलनमा नेपालको आर्थिक बिकाशका लागि मार्गचित्र कोर्ने लक्ष्य लिएको छ ।

सम्मेलनको जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, एनआरएन अध्यक्ष शेष घले, सभासद् गगन थापा र स्थानीय चिनो शहरका मेयरले संयुक्तरुपमा गरे ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्ताइएका नेपालका अर्थमन्त्री डा. रामशरण महत नेपालमा बिकशित बिशेष राजनीतिक परिस्थीतिका कारण जापान आउन असमर्थ भएपनि स्काइपबाटै सम्मेलनलाई सम्बोधन गरेका हुन् ।

स्काइपबाट सम्मेलनलार्इ सम्बोधन गर्दै अर्थमन्त्री रामशरण महत
स्काइपबाट सम्मेलनलार्इ सम्बोधन गर्दै अर्थमन्त्री रामशरण महत

अर्थमन्त्री महतले जापान लगायत बिश्वका अत्यत्नै प्रतिस्पर्धी मुलुकमा पनि नेपालीले गरेको ठूलो प्रगतिबाट नेपाल र नेपाली गौरवान्वित रहेको बताए ।

बिदेशमा नेपालीले आर्जन गरेका सीप, पूाजी र जाँगर अब नेपालमा लगाउनुपर्ने भन्दै अर्थमन्त्री महतले त्यसका लागि लगानीमैत्री नीति र सरकार चाहिने बताए ।

नेपालमा एनआरएनको लगानी सुरु भइसकेको भन्दै उहाँले त्यसलाई अझै बढाउनुपर्ने बताए । लगानीमैत्री वातावरण बनाउन सरकार प्रयत्नशिल रहेको उनले बताए ।

सम्मेलनलाई सम्बोधन गर्दै एनआरएन अध्यक्ष शेष घलेले एक बर्षमको अबधिमा एनआरएनले निकै काम गरेको भन्दै मुलुकको आर्थिक बिकाशको मार्गचित्र कोर्न यो सम्मेलन सफल हुने बिश्वास ब्यक्त गरे । संस्थाको छवि र गरिमा बढाउन आफु क्रियाशिल रहेको भन्दै सस्थाको पारदर्शिता र इमान्दारितामाथि कहिल्यै सम्झैता नगर्ने बताए ।nrn-nagano-4

सम्मेलन आयोजक समितिका संयोजक एवं एनआरएन उपाध्यक्ष भवन भट्टले एउटा सानो सम्मेलनले पनि नेपालको आर्थिक बिकाशको मार्गचित्र कोर्न सुरुवात गर्न सक्ने भन्दैसवै सहभागीलाई जापानमा स्वागत गरे ।

एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले अहिलेको अबस्थामा राष्टियताको परिभाषा फेरिएको भन्दै मुलुकको सम्बृद्धि नै अहिलेको राष्ट्रियता भएको बताए ।

पहिलेजस्तो कुनै देशले आक्रमण गर्दा लडाई लडेर हैन आर्थिक प्रगतिका लागि सागै अगाडी बढेर राष्टियता जोगाउनुपर्ने उनको भनार्इ थियो ।

एनआरएनको भवन निर्माणका लागि भइरहेको अर्थ संकलनमा अभियानमा ऐक्यबद्धता जनाउादै उनले भवनका लागि १ करोड ५१ लाख रुपैयाँ सहयोगको घोषणा गरे ।

सभासद् गगन थापाले एनआरएनले उठाएका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउादै मुलुकको सम्बृद्धिका लागि एनआरएनको सहभागिता अपरिहार्य रहेको बताए ।

जापानका लागि नेपाली राजदूत मदन भट्टराईले जापानसँग दोहोरो कर अन्त्यसम्बन्धी सम्झौताका लागि पहल भइरहेको बताउादै सम्झौतापश्चात जापानमा रहेका नेपालीले नेपालमा लगानी गर्दा दोहोरो कर तिर्नु नपर्ने बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment