Comments Add Comment

अभ्यास खेलमा ज्ञानेन्द्रले हाने १६७ रन

gyanendra-malla

३ कात्तिक, काठमाडौं । श्रीलंकामा भएको अभ्यास खेलमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले १६७ रन बनाएका छन् ।

तर, वर्षाका कारण नेपाल र रागामा क्रिकेट क्लबबीचको खेल अवरुद्ध भएको छ ।

कोलम्बो कोल्टस क्रिकेट मैदानमा नेपालले पहिले व्याटिङको निम्तो पाएको थियो । दोस्रो ओभरमा सुवास खकुरेल व्यक्तिगत एक रनमा आउट भएपछि ज्ञानेन्द्र व्याटिङमा गए । उनले नरेश बुढायरसँग १४९ रनको साझेदारी गरे ।

नरेश ६१ रनमा आउट भए । त्यसपछि आरिफ शेख, पारस खड्का र विनोद भण्डारीसँग खेलेका ज्ञानेन्द्र अन्तिम दुई बल बाँकी छँदा आउट भए ।

आक्रामक पारी खेलेका उनले १५७ बलमा ९ चौंका र ९ छक्का हान्दै १६७ रन बनाए । अन्य व्याट्सम्यान भने खासै चल्न सकेनन् ।

पारसले १९ रन बनाए । नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २८५ रन बनाएको थियो ।

जवाफमा मैदान उत्रिएको रागामाले १३ ओभरमा १ विकेट गुमाएर ६१ रन बनाउँदा वर्षा भएपछि खेल स्थगित भएको छ ।

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको तयारीका क्रममा श्रीलंका भ्रमणमा भएको नेपालले एक खेल जितेको छ भने एक खेल गुमाएको छ ।
नेपाली टोली मंगलबार मलेसिया प्रस्थान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment