Comments Add Comment

साउदीमा ५९ नेपाली अलपत्र, पाँच युवा जंगलमा बन्धक

१२ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका ५९ नेपाली युवा साउदीको दोस्सारमा अलपत्र परेका छन् । उनीहरुलाई स्थानीय कम्पनीले तलबभत्ता र फर्कने कागजातसमेत नदिई बिचल्लीमा पारेको हो ।
‘सइद हादी अल दोस्सरी कन्ट्राक्टिङ इस्ट’ कम्पनीमा कार्यरत उनीहरुलाई सम्झौता अवधि समाप्त भएको दुई वर्ष भइसक्दा पनि स्वदेश र्फकन दिइएको छ । पासपोर्टलगायत कागजात कम्पनीकै कब्जामा रहेको नागरिक दैनिकमा खबर छ ।
अन्य पाँच नेपाली युवालाई त कम्पनीले अज्ञात जंगलमा बन्धक बनाएर काममा लगाइरहेको समेत खुलेको छ ।
काठमाडौंस्थित गोर्खा नेपाल र एसी इम्प्लोइमेन्ट व्युरो प्रालिमार्फत साउदी पुगेका उनीहरु महिनौं तलब नपाएपछि सेप्टेम्बर दोस्रो साता कम्पनी छाडेर बाहिरिएका थिए । दोस्सारस्थिति लेबरकोर्टमा कम्पनीविरुद्ध उजुरी गरेपछि कोर्टले दुई पक्ष राखेर सहमति गराएको थियो ।
लेबरकोर्टसमक्ष कम्पनीले १० दिनभित्र सबै कामदारको वक्यौता भुक्तानी गर्ने र तत्काल पासपोर्ट र अकमा (आवास अनुमति कार्ड) उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । त्यसैगरी ३ महिनाभित्र सबै कामदारलाई नेपाल फर्काउने कबोल कम्पनीको थियो । सेप्टेम्बर ११ मा भएको उक्त सहमति अनुसार कम्पनीले प्रत्येक कामदारको ७ हजार रियालभन्दा बढी भुक्तानी दिनुपर्नेमा ५-७ सय रियाल मात्र दिएर काममा फर्काउने प्रयास गरेको थियो । कामदारले उत्तः प्रस्ताव अस्वीकार गरेपछि कम्पनीले उनीहरुलाई लेबरकोर्टसँगको सहमतिअनुसार पासपोर्ट र अकमा दिएन । उनीहरुले पासपोर्ट नपाउँदा स्वदेश र्फकन मात्र होइन, अकमा नदिँदा यताउता हिँडडुल गर्नसमेत पाएका छैनन् । साउदीको कानुन अनुसार सार्वजनिक यातायात प्रयोग गर्नसमेत अकमा बोक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment