Comments Add Comment

कोरोनाविरुद्धको लडाइँ : अग्निपरीक्षामा देश

११ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमबाट जोगिन सरकारले देशभर लकडाउन गरी मानिसहरुलाई घर बाहिर निस्कन एक सातासम्म बन्देज लगाउने निर्णय नै आजका पत्रिकाका प्रमुख समाचार हुन् । सरकारले सोमबार साँझ गरेको निर्णयअनुसार चैत ११ गते मंगलबारदेखि १८ गतेसम्म बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर निस्कन पाइँदैन ।

नयाँ पत्रिका दैनिकले कोरोना भाइरसको महामारीविरुद्धक विश्वका १९४ देशसँगै नेपाल पनि होमिएको उल्लेख गरेको छ । ‘अग्निपरीक्षामा देश’ शीर्षकको समाचारमा नयाँ पत्रिका लेख्छ, ‘भूकम्प र नाकाबन्दी बेहोरेको नेपाल अभूतपूर्व परीक्षामा छ ।’

नयाँ पत्रिकामै सरकारले सीमा नाका बन्द गरेपछि भारतबाट घर फर्किन लागेका हजारौं नेपाली दिनभर नाकामा अलपत्र परेको खबर पनि छ । नाकामा खटाइएका सुरक्षाकर्मीहरुले माथिको आदेश भन्दै रोकेपछि सोमबार दिनभर हजारौं नागरिक नाकामै अलपत्र परे ।

नयाँ पत्रिका लेख्छ, ‘कञ्चनपुरको गड्डाचौकीदेखि झापाको काँकडभिट्टासम्म नाकामा भिड लागेका उनीहरुले आपतमा घर फर्किंदा आफ्नै देश प्रवेश नपाएकाृेमा सरकारको विरोध गरेका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment