Comments Add Comment

मोबाइलमा १७ सेकेण्डमा २५ शव्द टाइप गरी विश्व रेकर्ड

fast-type

एक सत्रवर्षे किशोरले स्मार्टफोनमा १७ सेकेण्डमै २५ शव्द टाइप गरी विश्वरेकर्ड कायम गरेका छन् । स्मार्टफोनको टच स्क्रिनमा सबैभन्दा छिटो टाइप गर्ने यसअघिको आफ्नै किर्तिमान तोडेर नयाँ किर्तिमान बनाउने ब्राजिलियन किशोरको नाम मार्सेल फर्नान्डेज फिल्हो हुन् ।

गएको मे मा उनले १८.१९ सेकेण्डमा सामसुङ ग्यालेक्सी फोर स्मार्टफोनको स्क्रिनमा गिनिज वल्र्ड रेकर्डस्को निर्धारित शव्दाबली टाइप गरी रेकर्ड कायम गरेका थिए । आफ्नो सो रेकर्ड तोड्नका लागि उनले आइफोन सिक्स प्लस तथा सिन्टेल्लाको फ्लेक्सी किबोर्डको प्रयोग गरी १७ सेकेण्डमै २५ शव्द टाइप गरिभ्याए । गएको नोभेम्बर ७ मा न्युयोर्कमा भएको कार्यक्रममा उनले यस्तो किर्तिमान कायम गरे ।

विश्वकिर्तिमान कायम गर्न १७ सेकेण्डमै टाइप गरेका वाक्य यस्तो थियोः

The razor-toothed piranhas of the genera Serrasalmus and Pygocentrus are the most ferocious freshwater fish in the world. In reality they seldom attack a human.

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment