Comments Add Comment

‘चपली हाइटमा दिएको दृश्यमा पश्चताप छैन’ : बिनिता बराल

binita-baral-hot
चलचित्र ‘चपली हाइट’ सफल भएपनि अन्य प्रोजेक्टमा अफलता हात परेपछि नायिका बिनिता बराल अहिले अर्गानिक फर्म संचालनमा व्यस्त छिन् । उनी हाल ‘उमंग’ नामक चलचित्रको छायांकनमा पनि व्यस्त छिन् । उनै विनिता सामाखुशी स्थित आफ्नै अर्गानिक तरकारी विक्री केन्द्रमा भेटिइन् । उनीसँग गरिएको कुराकानीको अंश यस्तो छ :

१. नायिकाहरुलाई नङ्ग्याउन थालेपछि, ग्ल्यामर क्षेत्रबाट नै पलायन हुनु भयो भनिन्छ नी ?

म ग्ल्यामर क्षेत्रबाट पलायन भएर भागेकी होइन । मैले केही समयको लागि यस क्षेत्रबाट ब्रेक लिएकी मात्र हुँ । म अहिले चलचित्र ‘उमंग’मा ब्यस्त छु ।

२.ग्ल्यामर भन्दै उच्छृङ्खल रुपमा आफुलाई प्रस्तुत गरिन थालेका केही नायिकाहरुलाई दर्शकले नरुचाउँन थालेको समयमा नै तपाई हराउनुलाई कसरी लिने ?

ग्ल्यामरलाई दर्शकहरुले नरुचाएको र मन नपराएको भन्ने कुरामा सत्यता छ जस्तो मलाई लाग्दैन । यसको माग हिजो थियो र आज पनि यसप्रति दर्शकको रुचि घटेको छैन बरु बढ्दो रुपमा छ । हेर्दै जानुहोस् यसको क्रेजज भोलीको समयमा झनै बढ्नेछ ।

३.चलचित्र ‘चपली हाईट’मा तपाईले प्रस्तुत गर्नु भएको दृष्यका कारण तपाई अत्यधिक विवादमा रहनु भयो । तपाईलाई त्यस्तो कुनै पश्चाताप छ कि छैन ?

‘चपली हाईट’ले धेरै चर्चा पाउनुका साथै व्यवसायिका रुपमा समेत निकै सफल रह्यो । श्रृृजना जती राम्रो बन्ने गर्दछ त्यसको आचोचना पनि तिब्र र कडा रुपमा नै हुने गर्दछ । यस चलचित्रलाई प्रेम प्रसंग र त्यसमा प्रयोग भएको दृष्यहरुसँग मात्र केन्द्रित भएर आलोचना गरेको देखिन्छ ।

तर समिक्षक तथा आलोचकहरुले यो चलचित्र यौन मनोविज्ञानमा आधारित थियो भन्ने पुर्ण रुपमा विर्सिएर एकतर्फी मात्र पक्षपोषण गरिएको देखिन्छ । कुन वर्गिकरणको चलचित्र हो र चलचित्रले वास्तविक रुपमा केलाई देखाउन खोजेको छ भन्ने बुझ्ने प्रयास समेत नगर्नु आलोचकहरुको कमजोरी थियो ।  मैले जे गरें, दर्शकको चाहना अनुसार गरे । यसमा मलाई कुनै आपत्ती र पश्चताप छैन ।

४. यस अर्थमा यौन क्रियाकलापलाई खुला रुपमा आत्मसात गर्न सक्नु पर्दछ भन्ने तपाईको मान्यता हो ?

यौन क्रियाकलापलाई होइन यौन शिक्षालाई भने आत्मसात गर्नुपर्दछ । नेपाली चलचित्रहरु पनि यौन चेतनामूलक र सन्देशात्मक बन्नु पर्दछ भन्ने मेरो मान्यता छ । चलचित्र निर्माण भएपछि त्यसलाई उमेर अनुसारको वर्गिकृत प्रमाणपत्र प्रदान गरिएको हुन्छ ।

यसका लागि हामी कलाकार होइन नियमन निकायहरु सक्रिय रहनु पर्दछ । आफ्नो कमजोरी र लाचारपनको जिम्मेवारी नलिने सम्बन्धित निकायहरुको प्रवृत्ती रहेकाले पनि अधिकांश महिला कलाकारहरुले यो आरोपको निरन्तर सामना गर्नु परिरहेको छ । वास्तवमा यस्ता मनमा रहेका कुण्ठाहरुको विषयमा प्रस्तुत चलचित्रहरुले समाजलाई विकृती तर्फ होइन ब्यवस्थित र सभ्य तर्फ लैजान सहयोग पुग्दछ ।

प्रस्तुती : राजेन्द्र कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment