Comments Add Comment

हिमालको काखमा चराजस्तै उड्न पाउँदा (फोटोकथा)

plane seen5

गोविन्द गुरुङ, (पर्यटन व्यवसायी, ट्याग नेपाल)

२९ मंसिर, काठमाडौं । माउन्टेन फ्लाइटको विषेशता छुट्टै छ । काठमाडौबाट प्लेनले धर्ती छाडेको पाँच मिनेटमै हिमाल देखिन्छ । यस्तो दृश्यले धेरै विदेशी पर्यटकलाई अचम्मित बनाउँदोरहेछ ।

प्लेन उडेको ५ मिनेटमै हिमाल देखिनु भनेको दुर्लभ सौन्दर्य अवलोकन गर्न पाउनु हो रे ! काठमाडौवाट उडेको ४ मिनेट जतिपछि हिमालका धर्सा देखिन थाल्छन् भने पर्यटकहरु अचम्म मान्न थालिहाल्छन् ।

‘ओ हो ! हिमाल काठमाडौवाट यति नजिक छ ?’ पर्यटकहरु सोध्न थाल्छन् ।

तर, १५ मिनेट लगातार उड्दा पनि हिमालको छेउमा पुग्न सकिँदैन । फेरि अचम्म मान्दै सोध्छन् तिनै पर्यटक ‘यति नजिक देखिएको हिमाल कति टाढा रहेछ !’

युरोपियन मुलुकमा कुनै पनि हिमाल ड्राइभबाटै एकघण्टामा पुग्न सकिन्छ । तर, हाम्रोमा १५/२० मिनेट उड्दा पनि हिमालको छेउमा पुग्न गार्‍हो छ ।

plane3

हिमाल देख्ने बित्तिकै आँखा तन्काएका पर्यटकहरुले त्यहीबेला देख्छन् । पहाडी खोंच, कतै कतै, झरना र निकै रहरलाग्दा अनि डरलाग्दा टाकुराहरु ।

प्रायः माउन्टेन फ्लाइटमा झ्याल पटि्टको सीट मात्रै बेचिएको हुन्छ । हिमालको छेउमा नपुगुन्जेल त पर्यटकहरु आ-आफ्नै सिटमा बसेर रमाइलो मानिरहेका हुन्छन् । जब हिमालको छेउमा पुग्छन्, सबैजना एकैतिर आउँछन् र ‘हाउ स्वीटस’ भन्न थाल्छन् ।

plane1

फोटो खिच्ने रहर

माउन्टेन फल्लाइटबाट फोटो खिच्ने काम त्यति सजिलो छैन । प्लेनको सिसा हाम्रो क्यामेराको लेन्सजस्तो सफाचट हुँदैन । त्यसकारण बाहिरका कतिपय रमणीय दृश्यलाई हामी अलि मधुरो रंगमा खिच्न विवश हुन्छौं ।
म आफैं पर्यटन व्यवसायी भएकाले माउन्टेन फ्लाइटसँग मेरो अन्योन्याश्रति सम्बन्ध गाँसिन पुगेको छ ।

मेरिका, स्वीटजरल्याण्ड, दुबईलगायतका मुलुकबाट आएका ३० भन्दा बढी समूहलाई हिमालको फेरो मार्न सघाएको छु ।

बुद्ध एअरको १ घण्टा १५ मिनेटमा माउन्टेन फ्लाइट सम्पन्न हुन्छ । प्लेनमै दिइने विभिन्न ब्रोसिएरले एकथरि पर्यटकको जिज्ञासा मेटाउँछ भने प्लेनमा रहेका एअर होस्टेजले पनि राम्रै गाइडको काम गरिदिन्छन् ।

नेपालीहरुको आतिथ्यपूर्ण सत्कार, प्राकृतिक हिसाबले निकै सुन्दर दृश्य र चराको झैं बेगमा हिमालको काखमा फेरो मार्दा पाइने सन्तुष्टिले पर्यटकहरु भन्ने गर्छन् ‘नेपाल साँच्चै सुन्दर छ ।’

plane2

plane4

plane5

plane7

plane5

plane seen 9

plane seen

plane seen1

plane seen3

plane seen4

plane seen6

plane seen7

plane seen8

plane seen10

palne

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment