Comments Add Comment

महेश बस्नेतले ‘विदेशी लगानी नीति-२०७१’ मन्त्रिपरिषदमा पठाए

MAHESH-BASNET४ पुस काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले ‘विदेशी लगानी नीति-२०७१’ मन्त्रिपरिषदमा पेस गरेका छन । उद्योग मन्त्रालयले प्रेस रिलिज जारी गरी नीतिलार्इ मन्त्रिपरिषदमा पेस गरिएको जनाएको छ ।

नयाँ नीतिले २२ वर्ष पुरानो नीति, विदेशी लगानी र एकद्वार नीति, २०४९ लाई विस्थापित गर्ने विश्वास गरिएको छ ।

उद्योगमन्त्री बस्नेतले नेपालको औैद्योेगिक क्रान्तिको जग बसाल्न र नेपालमा विदेशी उद्योगी तथा व्यापारीहरुको आकर्षण बढाउन वैदेशिक लगानी नीति ल्याउन लागेको बताए ।

निकै लामो समयदेखि विदेशी लगानीकर्ता र नीजी क्षेत्रले नयाँ विदेशी नीतिको माग गरेको अवस्था थियो । अहिले उद्योग मन्त्रालयमा नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताको चाप र विदेशी लगानी अभिवृद्धि गर्नुपर्छ भन्ने मन्त्रालयको मान्यताका कारण यो नीति तिव्र गतिमा आएको उनले बताए ।

मन्त्रालयका निमित्त सचिव महेश्वर न्यौपानेले विभिन्न १३ वटा सरकारी निकाय र सरोकारवाला मन्त्रालयको राय तथा नीजि क्षेत्र, विदेशी लगानीकर्तासँग छलफल गरी नीतिलाई अन्तिमरुप दिई मन्त्रिपरिषदमा पठाइएको जानकारी दिए ।

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यले नेपालमा रोजगारी सिर्जनाका लागि वैदेशीक लगानी आवश्यक रहेको बताए । ‘यो नीतिले नेपालमा वैदेशीक लगानी भित्र्याउन अवसर प्रदान गर्छ । यो नीति जति सक्दो छिटो लागु गर्ने गरी आउनुपर्छ, विगतको जस्तो कुनै विलम्ब हुनुहुँदैन,’ उनले भने ।

चेम्बरअफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले धेरै समयदेखि वैदेशिक लगानीको क्षेत्रमा रोकिएका कामहरुको सुरुवात गर्न नयाँ नीति आवश्यक रहेको बताए । उनले नयाँ विदेशी लगानी नीति विदेशी लगानीकर्ताको मात्र नभई स्वदेशि लगानीकर्ताको समेत हितमा रहेको धारणा व्यक्त गरे ।

अबदेखि लगानी गर्न आउनेलाई एकद्वार (वान विन्डो)मार्फत सेवा प्रदान हुने हुँदा एक हप्तामा लाइसेन्स र १५ दिनमा काम सञ्चालनको अवस्था आउने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment