Comments Add Comment

प्रचण्ड नेतृत्वको मोर्चाद्वारा आमहड्तालको घोषणा

30-party

७ पुस काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले बन्दसहितको आन्दोलनको घोषणा गरेको छ ।

सिंहदरवारमा सोमबार साँझ बसेको संविधानसभामा भएका १९ र बाहिर रहेका ११ दलको संयुक्त बैठकले संयुक्त मोर्चा बनाएर आन्दोलन गर्ने निर्णय गरेको हो । ‘वार्ता जारी राख्दै सहमति निर्माणका लागि दबाव दिन आन्दोलनको घोषणा गरिएको हो’ गठवन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले अनलाइनखबरसँग भने ।

मोर्चाले १९ गते देशभर जनप्रदर्शन तथा सभा गर्ने निर्णय गरेको छ ।

२५ देखि २९ गतेसम्म प्रदेशिक स्तरमा बन्द गर्ने निर्णय उसले गरेको छ । उसले २५ गते कर्णाली,खप्तड र खसान, २७ गते किरात, खम्बुवान, लिम्बुवान, तमुवान र मगरात बन्द घोषणा गरिएको छ ।

२८ गते थरुहट र तराई तथा २९ गते नेपाल र ताम्सालिङ बन्द आहृवान गरेको ३० दलीय मार्चाले माघ ५ गते नेपाल बन्द गर्ने चेतावनी दिएको छ । बन्द किन घोषणा गर्नु परेको भन्दै प्रश्नमा प्रवक्ता सिंहले भने-‘शान्तिपूर्ण आन्दोलनको रुप भनेको यीनै हुन् ।’

संविधानसभाभित्र पनि संघर्ष

प्रचण्ड नेतृत्वको मोर्चाले संविधानसभाभित्र पनि आन्दोलन थाल्ने चेतावनी दिएको छ । कांग्रेस-एमालेले प्रक्रियामा जान खोजे आन्दोलन गर्ने संकेत उसले दिएको छ । ‘संविधानसभा भित्र पनि संघर्षका कार्यक्रम आउनेछ’ मोर्चाका प्रवक्ता सिंहले भने ।

बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमाले सहमति उन्मुख नभएको भन्दै आन्दोलनमा जानु पर्ने बताए । ‘कांग्रेस र एमाले पेलेरै जाने देखिन्छ’ बालुवाटार बैटकबारे ब्रिफिङ गर्दै प्रचण्डले भने-बालुवाटार बैठकले पनि आन्दोलनको आवश्यकतालाई थप पुष्टि गरेको छ ।’

बैठकले ३० दलीय मोर्चाको स्थायी कार्यालय र छुट्टै सचिवालय नै बनाउने निर्णय गरेको छ । तत्काल भने माओवादी संसदीय दलको कार्यलयलाई प्रयोग गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment