+

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

२०८३ कात्तिक  २७ गते १४:११ २०८३ कात्तिक २७ गते १४:११

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीपेन्द्र सिंह ऐरीको ६० रनको मद्दतले सुदूरपश्चिम रोएल्सले कीर्तिपुरमा काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ।
  • टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो, जहाँ दीपेन्द्रले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
  • जहानदाद खानले ३ विकेट र सन्तोष यादवले २ विकेट लिएपछि सुदूरपश्चिम ८ रनमै ४ विकेट गुमाएर दबाबमा परेको थियो।

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो । दीपेन्द्रले सर्वाधिक ६० रन बनाए । थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रन योगदान गरे ।

८ रनमै ४ विकेट गुमाएको सुदूरपश्चिमको इनिङ्स कप्तान दीपेन्द्रले सम्हालेका थिए । दोस्रो ओभरमा क्रिजमा पुगेका दीपेन्द्रले अन्तिम ओभरमा आउट हुनुअघि ५५ बलमा ५ चौका र २ छक्का मदतमा ६० रन जोडे ।

जारी एनपीएलमा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो । उनले यसअघि पोखरा एभेन्जर्स विरुद्ध अविजित ५१ रन बनाएका थिए । उनी दुई अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि काठमान्डुका रासिद खानले पनि दुई अर्धशतक प्रहार गरिसकेका छन् ।

दीपेन्द्रले पाँचौ विकेटका लागि आरिफ शेखसँग ५४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । आरिफले २५ बल खेल्दै १ चौका मदतमा १६ रन बनाए ।

यस्तै दीपेन्द्रले थरिन्दु रत्नायकेसँग छैटौं विकेटका लागि पनि ५४ रनको साझेदारी गरे । थरिन्दुले २३ बल खेल्दै ३ चौका मदतमा अविजित २६ रन बनाए ।काठ

मान्डुका लागि बलिङमा जहानदाद खानले ४ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर ३ विकेट लिए । यस्तै सन्तोष यादवले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सन्तोषले खेलको दोस्रो ओभरमै सुदूरपश्चिमका ब्रान्डन म्याकुमुलेन र इशान पाण्डेलाई खाता खोल्न नदिई आउट गरेका थिए ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय