+

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

२०८३ कात्तिक  २७ गते ११:०८ २०८३ कात्तिक २७ गते ११:०८

२७ कात्तिक, काठमाडौं । श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।

टप अर्डरमा ब्याटिङ गर्ने दबारेले श्रीलंकाका लागि घरेलु तथा विभिन्न प्रतियोगितामा आफ्नो क्षमता देखाउँदै आएका छन्। उनले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनै प्रारूपमा खेलेका छन्।

दबारेले ५० टी–२० खेलमा ९२३ रन बनाएका छन्। यस क्रममा उनले एक शतक र पाँच अर्धशतक प्रहार गरेका छन्। टी–२० मा उनको स्ट्राइक रेट १४२.६५ छ। उनले यस प्रारूपमा ४७ छक्का र ८६ चौका प्रहार गरेका छन्। बलिङतर्फ उनले ५० टी–२० खेलमा २६ विकेट लिएका छन्।

दबारेले ६७ लिस्ट ए खेलमा १ हजार ६७८ रन बनाएका छन्। यस क्रममा उनले एक शतक र नौ अर्धशतक प्रहार गरेका छन् भने ६३ विकेट लिएका छन्। त्यस्तै, ४९ प्रथम श्रेणी खेलमा उनले २ हजार २७५ रन बनाउनुका साथै ११ विकेट लिएका छन्।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले दबारेको आगमनले टोलीको शीर्ष क्रमको ब्याटिङलाई बलियो बनाउने विश्वास व्यक्त गरे। ‘थनुका दबारेसँग अनुभव छ। उनी आक्रामक ब्याटिङ गर्न सक्ने खेलाडी हुन्। उनको आगमनले हाम्रो शीर्ष क्रमलाई थप बलियो बनाउने र टोलीको ब्याटिङमा गहिराइ थप्ने विश्वास लिएका छौं’, खड्काले भने।

टोलीमा अनुबन्ध भएपछि दबारेले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न उत्साहित रहेको बताए। ‘सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा खुसी छु। एनपीएल खेल्न नेपाल आउन र टोलीका लागि योगदान दिन उत्साहित छु। प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै टोलीलाई उपाधि जिताउन सहयोग गर्ने लक्ष्य छ’, दबारेले भने।

थनुका दबारे सुदूरपश्चिम रोयल्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय