+
+
Shares

जनकपुर प्रादेशिक अस्पतालमा कुरुवा शव फेला प्रकरण : जनकपुर–ढल्केवर सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रीमतीको कुरुवा बसेका धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ का ४५ वर्षीय मैतु सदाको शव जनकपुर प्रादेशिक अस्पताल परिसरमा मृत फेला परेको परिवारजनले हत्या भएको दाबी गरेको छ।
  • मृतकका आफन्तले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै जनकपुर–ढल्केबर सडकखण्डको क्षिरेश्वरनाथ नगरपालिका कुम्हरौलमा सडक अवरुद्ध गरेका छन्।
  • तीनदिनदेखि सम्पर्कविहीन भएका सदाको शव बिहीबार शव गृह नजिक फेला परेको थियो।

२७ कात्तिक, जनकपुरधाम । श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमा मृत फेला परेपछि स्थानीय बासिन्दाहरूले जनकपुर–ढल्केबर सडकखण्ड अवरुद्ध गरेका छन् ।

जनकपुर–ढल्केबर सडकखण्डको क्षिरेश्वरनाथ नगरपालिका कुम्हरौलस्थित रडक जाम गरेका हुन् ।

तीनदिनदेखि सम्पर्कविहीन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय मैतु सदाको शव प्रादेशिक अस्पतालको शव गृह नजिक बिहीबार मृत फेला परेका थिए ।

प्रादेशिक अस्पतालमा उपचाररत श्रीमतीको कुरुवा बसेका उनी सम्पर्क विहीन भएर मृत फेला परेपछि उनको हत्या भएक‍ो परिवारजनको दाबी छ ।

मृतकका आफन्तहरूले घटनाको निष्पक्ष छानबिन, दोषीहरू माथि कारबाही र क्षतिपूर्तिसहितको माग गर्दै सडक अवरुद्ध गरेका हुन् ।

हिजो स्थानीय तथा आफन्तहरूले प्रादेशिक अस्पतालमा समेत प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?