Comments Add Comment

म्यानचेष्टर युनाइटेडलाई टोटनहृयामको धक्का

Tottenham-Vs-Manchester-United

१३ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयामले म्यानचेष्टर युनाइटेडलाई बराबरीमा रोकेको छ ।

आइतबार राति भएको खेलमा गोलरहित बराबरीमा रोक्दै टोटनहृयामले उपाधि होडमा चेल्सी र म्यानेचष्टर सिटीलाई दबाव दिने युनाइटेडको प्रयासमा धक्का दिएको छ ।

टोटनहृयामको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले पहिलो हाफमा गोल गर्ने केही राम्रा अवसरहरु सृजना गरेको थियो । माटाको प्रहार पोलमा लगेर फर्कियो भने गोलरक्षक हृयुगो लोरिसले फल्काओ, रोविन भानपर्सी र एश्ले योङको प्रयास असफल पारे ।

फिलिप जोनको हेडर यान भोटाङ्गनले गोललाइनबाट एक्रोव्याटिक क्लियर गरेका थिए भने रेफ्रीले अफसाइड दिए । खेलमा दुबै टोलीले केही राम्रो मौका पाए पनि गोल गर्न सकेनन् र अंक बाँडेका छन् ।

बराबरीपछि युनाइटेड ३६ अंकका साथ तेस्रो स्थानमा छ भने ३१ अंक जोडेको टोटनहृयम आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment