२२ पुस काठमाडौं । धनगढीमा मुख्य कार्यालय रहेको साझा विकास बैंकले सर्वसाधारणका लागि चुक्ता पुँजीको ४९ प्रतिशत सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता सय रुपैयाँ अंकित दरका करिब ५ करोड रुपैयाँ बराबरका सेयर निष्काशन गर्न लागेको जनाएको छ ।
बैंकको यही पुस २९ गते हुने दोस्रो वार्षिक साधारणसभाले सर्वसाधारण सेयर जारी गर्ने प्रस्ताव निर्णय गर्ने जनाएको छ । १० करोड रुपैयाँ चुक्ता पुँजी रहेकोमा बैंकका संस्थापकहरुले ५१ प्रतिशत अर्थात ५ करोड रुपैयाँभन्दा बढी चुक्ता गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4