३ माघ काठमाडौं । यो सता नेपाल स्टक एकसचेञ्जमा १ सय ६२ कम्पनीका २५ लाख ५८ हजार कित्ता सेयर ९८ करोड ६३ लाख रुपैयाँमा किनबेच भएका छन । यो गत साताको भन्दा ३१.३९ प्रतिशतले कम हो ।
गत साता १ सय ७० कम्पनीका ४५ लाख १० हजार कित्ता सेयर १ अर्ब ४३ करोड ८२ लाख रुपैयाँमा किनबेच भएका थिए ।
साताको पहिलो दिनको तुलनामा अन्तिम दिन नेप्से परिसूचक ११.२० अंकले बढेर ९ सय ३९.५३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २.२१ अंकले बढेर २००.०९ अंकमा आईपुगेको छ ।
| बार | नेप्से इन्डेक्स |
|---|---|
| आइतबार | ९२८.३३ |
| सोमबार | ९२७.८ |
| मंगलबार | ९३७.४८ |
| बुधबार | ९३९.५३ |
| परिवर्तन | ११.२० |
यो साता कारोबार रकमका आधारमा नेसनल लाइफ इनस्योरेन्स कम्पनी अग्रस्थानमा रहृयो । साताभरमा नेसनल लाइफको ८ करोड ६७ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, कारोबार भएको सेयर संख्याका आधारमा प्रभु बैंक अग्र स्थानमा छ । साताभरमा प्रभूका २ लाख २८ हजार कित्ता संस्थापक सेयर किनबेच भएका छन । त्यस्त, कारोबार संख्याका आधारमा सेञ्चुरी बैंक अग्र स्थानमा छ । सेञ्चुरीका ७ सय ११ सेयरको कारोबार भएको छ ।
यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ४ दिन खुला रहृयो । त्यस्तै, यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनैपनि कारोबार भएन ।
कारोबार रकमका आधारमा साताका उत्कृष्ट पाँच कम्पनी
| कम्पनीको नाम | कारोबार रकम (रु. दशलाखमा) |
|---|---|
| नेसनल लाइफ इन्स्योरेन्स | ८६.७५ |
| नेपाल लाइफ इन्स्योरेन्स | ५३.४ |
| सानिमा माई हाइड्रोपावर | ४२.८८ |
| नागरिक लगानी कोष | ३१.१९ |
| प्रभु बैंक | ३४.१५ |

प्रतिक्रिया 4