Comments Add Comment

एमालेलाई नजिस्काऊ, निकै महँगो हुन सक्छ : ओली (भिडियोसहित)

Kp Sharma Oli 650

११ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभासदहरुलाई तत्कालै जिल्ला फर्किएर एमालेका बारेमा एमाओवादी मोर्चाले चलाएका भ्रम चिर्दै प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

संविधानसभाबाट प्रश्नावली समिति गठन भएपछि संविधानसभा भवनमै आयोजित दलको बैठकमा ओलीले समितिमा भएका सभासदलाई पाँच दिन र समितिमा नभएकालाई दश दिनको बिदा दिएका हुन् ।

‘एमाले आदिवासी जनजाति, मधेशी, दलित र उप्पीडित जातिहरुको पार्टी हो, यो अरु जस्तो भल छोप्न जन्मेको दल होइन’ ओलीले सभासदहरुलाई भने-‘उच्च मनोबलका साथ गाउँ जानुस् र विपक्षीले चलाएका भ्रमको कडा प्रतिवाद गर्नुस् ।’

ओलीले सप्तरीलगायतका केही जिल्लामा एमाओवादी र मधेसी मोर्चाले एमाले कार्यालयमा गरेको आगजनी र कार्यकर्ता कुटपिटको घटनालाई पार्टीले गम्भीर रुपमा लिएका बताए । ‘अहिले केही ठाउँमा बाघलाई बिरालोले जिस्काएजस्तो भइरहेको छ, हामीलाई नजिस्काउ, साँच्चिकै प्रतिवाद गर्नुपरेमा निकै महँगो हुनेछ’ ओलीले भने-‘एमालेले ठेगान लगाउन खोज्यो भने राँटो नराखी अभियान चलाउँछ ।’

बैठकमा पार्टी नेता माधवकुमार नेपालले पनि सभासदहरुलाई यो खाली समयमा जिल्ला गएर पार्टीको नीतिबारे जनता र कार्यकर्तालाई प्रष्ट पार्न निर्देशन दिएका थिए ।

संविधानसभा बैठक नभएको मौका पारेर अब जिल्ला जान लागेको सभासद शेरधन राईले बताए । ‘अब संविधान बन्ने बाटो खुलेको छ, यहि सन्देश लिएर जिल्ला जान्छौं’-राईले भने ।

यो पनि पढ्नुस् 

ओली भन्छन्- ठूला भ्रम तोडियो, अब ८० प्रतिशत हाम्रो पक्षमा

विपक्षीसँग वाता नगर्ने ओलीको प्रस्ताव देउवा र नेपालले मानेनन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment