Comments Add Comment

भूमिराज र सरिताको सुधारिएको प्रदर्शन

११ माघ, काठमाडौं । हङकङमा सम्पन्न पन्ध्रौं एसियाली म्याराथनमा प्रतिस्पर्धा गरेका दुई नेपाली खेलाडी खेलाडीले आ-आफ्नो व्यक्तिगत समयमा सुधार गरेका छन् ।

आइतबार भएको म्याराथनको पुरुषमा भूमिराज राई र महिलामा सरिता वासीले व्यक्तिगत समयमा सुधार गरेको नेपाल एथलेटिक्स संघका महासचिव सुनील राजवंशीले जनाएका छन् ।

नेपाल प्रहरीका भूमिराजले २ घण्टा २४ मिनेट ५६ सेकेन्ड समय खर्चदै पाँचौं स्थानमा दौड टुंगाए । यसअघि उनको उत्कृष्ट टाइमिङ २ घण्टा २६ मिनेट २२ सेकेन्ड थियो ।

नेपाली सेनाकी सरिताले ३ घण्टा ६ मिनेट ५८ सेकेन्डमा दौड सकाइन् । उक्त म्याराथनमा आठौं भएकी सरिताको अघिल्लो उत्कृष्ट प्रदर्शन ३ घण्टा १५ मिनेट ८१ सेकेन्ड थियो ।

भूमिराज र सरिता दुवैको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । नेपाली खेलाडीको प्रदर्शनलाई राम्रै मान्नु पर्ने महासचिव राजवंशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment