Comments Add Comment

परमाणु उर्जाभन्दा सौर्य ऊर्जा ठीक

-विवेक वाध्वा
अमेरिकी राष्ट्रपति बाराक ओबामाले मोदी सरकारलाई राम्रो सल्लाह दिने छन् कि कुनै प्रकारले भारतीय अर्थ व्यवस्थालाई खुल्ला गर्नुपर्छ, ताकि देशलाई फाइदा होस् । तर, ओबामामाथि विशेष स्वार्थका लागि काम गर्ने समूहको दबाव छ र यसले यस्तो चिजको माग गर्न सक्छ, जो उनले भित्रैदेखि जान्दछन् कि यो भारत र विश्वका लागि हितकर छैन ।

सफासँग भन्ने हो भने ओबामाले भारतको ‘परमाणुको पहुँचमा छुटको माग गर्न सक्छन् र मोदीमाथि अमेरिकी कम्पनीसँग परमाणु रिएक्टर खरिदका लागि दबाव बनाउन सक्छन् ।

दुई दशक पहिले यसप्रकारको मुद्दाको मूल्य सम्झन सकिन्थ्यो । तर, त्यसबेला स्वच्छ उर्जाको कमैमात्र विकल्प थियो । अहिले अवस्था बदलिएको छ ।

Bibek-Badhwa
विवेक वाध्वा

सूर्य एवं वायु उर्जासँग जोडिएको विज्ञान यति तेजसँग विकसित भइरहेको छ कि जब पहिले परमाणु भट्टी स्थापित भयो । वैकल्पिक उर्जाको स्रोत परमाणु उर्जा एवं पेट्रोल डिजलजस्तो इन्धनभन्दा सस्तो हुन्छ ।

यो नयाँ प्रविधि पहिलो भन्दा स्वच्छ र सुरक्षित पनि हुन्छ । अब सौर्य उर्जालाई नै लिने हो भने यसको महत्व अमेरिकामा बढेको छ । किनकि बेकामे बनेको सौर्य ऊर्जा कम्पनीलाई राष्ट्रपति ओबामाले सहयोग दिने बताएका छन् ।

आलोचकहरुको भनाइ छ कि सौर्य उर्जा प्रभावकारी हुँदैन, महंगो हुन्छ र भरोसा गर्न सकिने हुँदैन । सरकारी सहयोगविना यो काम नलाग्ने हुन्छ ।

सौर्य ऊर्जाले विश्वको ऊर्जासम्बन्धी आवश्यकताको एक प्रतिशत मात्रै पूरा गर्नै सक्छ । हामीले पेट्रोलियम र परमाणु ऊर्जामाथिको आफ्नो पहुँच दुगुना बनाउन जरुरी छ । तर, यो गलत हो ।

पारम्परिक स्रोत

पछिल्लो ३० वर्षदेखि सौर्य उर्जाको उत्पादन हरेक वर्ष दुई गुणाले बढिरहेको छ । यसको लागतमा पनि कमी आएको छ ।

यदि यही गतिमा अघि बढ्ने हो भने दैनिक आवश्यकता पूरा गर्न आवश्यक पर्ने गरी सौर उर्जा उत्पादनमा छ पटकसम्म दुई गुणा वृद्धि हुन जरुरी छ । यसमा १४ वर्षभन्दा कम समय लाग्छ । यसो गर्दा हामीले धर्तीमा खस्ने सूर्यको किरणको १० हजारमा एक हिस्साको मात्रै उपयोग गरिरहेका हुनेछौं ।

जर्मनी, स्पेन, पोर्चुगल र अष्ट्रेलियाजस्ता ठाउँ, अमेरिकाको केही हिस्सा र भारतको पनि एउटा ठूलो हिस्सामा सौर्य र्जाको उत्पादन त्यो स्तरमा पुगेको छ । जहाँ त्यसको लागत पारम्परिक ऊर्जाको नजिक पुगेको छ ।

अर्को शब्दमा भन्ने हो भने लामो अन्तरालमा सौर्य उर्जाको प्यानल लगाउने लागतमा पारम्परिक ऊर्जाभन्दा धेरै लागत आउँदैन ।

विना ‘सब्सिडी’

पछिल्लो पाँच वर्षमा सौर्य ऊर्जा प्यानलको मूल्यमा ७५ प्रतिशतसम्म गिरावट आएको छ । जति जति यसको निर्माणमा प्रविधिगत सुधार आउँछ र उत्पादनको स्तर बढ्छ, यो मूल्य अझै गिर्छ ।

सन् २०२० सम्म सौर्य ऊर्जाको मूल्य पारम्परिक ऊर्जासँग प्रतिस्पर्धात्मक हुन्छ । र, दुनियाँको धेरै हिस्सामा बिना ‘सब्सिडी’ उपलब्ध हुन्छ ।

त्यसका साथै मूल्यको गिरावट पनि जारी रहन्छ । र, यसको कार्यकुशलतामा विस्तार भइरहन्छ ।  सन् २०२० को अन्त्यसम्म पेट्रोलियम र परमाणु उर्जामा लाग्ने लागतको एक हिस्सा नै खर्च बस्छ ।

उत्पादन र भण्डारण

हो, उर्जाको स्टोरको सवाल रहनेछ । किनकि ब्याट्रीको क्षमता सीमित हुन्छ । तर, आउने दशकसम्म गाउँको आकारमा स्टोरेज युनिट पनि उपलब्ध हुन पाउनेछ र यो मूल्यको हिसाबले सहज पनि हुन्छ र पर्याप्त पनि ।

यसले जीर्ण शीर्ण अवस्थामा पुगेको भारतको नेशनल इलेक्ट्रिसिटी ग्रीडको समस्या पनि विस्तारै विस्तारै दूर हुन्छ । उर्जालाई स्थानीय स्तरमा उत्पादन र भण्डारण गर्न सकिन्छ ।

वायु ऊर्जा, बायो उर्जा, ताप विद्युत र फोहोरबाट निकालिने बिजुली ताथ अन्य प्रकारका ऊर्जाको प्रविधि तीब्र गतिमा विकसित भइरहेको छ । भारतमा यसलार्य व्यवहारिक मान्न थालिएको छ ।

(भारतीय लेखक एवं अनुसन्धानकर्ता बाधवा अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीका फेलो हुन् । बीबीसीबाट भावानुवाद गरिएको उनको यो लेखको शीर्षक परिवर्तन गरिएको छ- सं )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment