Comments Add Comment

एक गोल नखाई कोरिया फाइनलमा

१२ माघ, काठमाडौं । २७ बर्षपछि दक्षिण कोरियाले एएफसी एसिया कपको फाइनलमा पुगेको छ । उसले फाइनलसम्मको यात्रा तय गर्दा एक गोल समेत खाएको छैन ।

सन् २००७ को च्याम्पियन इराकलाई सेमिफाइनलमा २-० ले पराजित गर्दै दक्षिण कोरियालेे फाइनलमा स्थान बनाएको हो । २००७ को एसियन कपको सेमिफाइनलमा इराकले नै कोरियालाई हराएको थियो ।

कोरियाले पछिल्लो पटक सन् १९८८ को फाइनल खेलेको थियो । कतारमा सम्पन्न १९८८ को फाइनलमा कोरिया साउदी अरबसँग पेनाल्टी सुटआउटमा हारेको थियो ।

दुई पटकको च्याम्पियन कोरियाले १९६० पछि कन्टिनेन्टल टाइटल पनि जित्न सकेको छैन् ।

इराकविरुद्धको खेलको २० औं मिनेटमा लि जेाङ हायोपिको हेडरले जाली चुम्दा पहिलो हाफमा कोरियाले १-० को अग्रता लियो ।

दोसो्र हाफको ५० औं मिनेटमा जेाङ हायोपीको चेस्टीङलाई सदुपयोग गर्दै किम योङले गोल गरेपछि २-० को जित निकाल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment