Comments Add Comment

एक करोड लगानीमा पेप्सीकोलामा खुल्यो तरकारी बजार

Halasi Agro2
१६ माघ काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित पुरानो सिनामंगलमा एक करोड रुपैयाको लगानीमा तरकारी तथा फलफूल बजार खुलेको छ ।
खोटाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रुद्र गिरीले झन्डै १ रोपनी जग्गामा आधुनिक ‘हलेसी एग्रो मार्केट’ सञ्चालन गरेका हुन । उक्त तरकारी बजारमा २७ जनाले रोजगारी पाएका छन ।

‘हामीले सीधै किसानसँग किने ल्याउने भएकाले हलेसी एग्रोमा उपभोक्ताले सस्तोमा सागसब्जी, फलफूल तथा माछामासु किन्न सक्नेछन’ प्रबन्ध निर्देशक गिरीले भने । बजारमा होलसेल तथा खुद्रा दुबैको कारोबार गरिने उनले जानकारी दिए ।

गिरीका अनुसार उक्त तरकारी बजारले अग्र्यानिक र नेपालको आन्तरीक उत्पादन मात्रै बिक्री गर्ने छ । निकट भविष्यमै राजधानीका विभिन्न स्थानमा शाखा स्थापना गर्ने योजना रहेको उनले सुनाए ।

Halasi agro6उक्त मार्केटको उद्घाटन शुक्रबार व्यवस्थापिका संसदको शुसासन समितिका सभापति शेरधन राई र नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले संयुक्तरुपमा गरेका छन ।
सो अवसरमा सभापति राईले उपभोक्तालाई सस्तो मुल्यमा गुणस्तरीय सागसब्जी उपलब्ध गराउने उद्देश्यले स्थापना भएका यस्ता बजारको विकासमा सबैले जोड दिनुपर्ने बताए ।

‘रुद्रजीले किसानलाई आधुनिक र संगठित बनाउँदै उपभोक्तालाई स्च्छ सागसब्जी उपलब्ध गराउने रचनात्मक कामको सुरुवात गर्नुभएको छ’ उनले भने- ‘उहाँको कामको जति तारीफ गरे पनि कम नै हुन्छ ।’
Halasi agro3राष्ट्र बैंकका प्रवक्त मनमोहनकुमार श्रेष्ठले हलेसी एग्रो नमुना भएको बताए । उनले राष्ट्र बैंकले बैंकहरुलाई कृषिलगायतका उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न दबाब दिइरहेको उल्लेख गर्दै कृषि क्षेत्रमा व्यवसायीहरुको प्रवेस भयो भने मात्रै कर्जा बढ्ने बताए ।
सरकारले ६ प्रतिशतमै कृषि कर्जा पाइने व्यवस्था गरिसकेकाले यो सुविधाको लाभ लिन कृषकलाई आग्रह गरे ।
औद्योगिक व्यवस्थापन लिमिटेडका महाप्रबन्धक कल्याण रोकाले हलेसी एग्रो स्थापनाले नेपालमा अबसर पाइएन भन्दै विदेश जाने नेपालीहरुलाई पाठ सिकाउने बताए ।
‘देशमा काम गर्न लजाउने तर विदेशमा जुनसुकै काम पनि गर्ने नेपालीहरुलाई कृषिको आधुनिकिकरण र व्यवसायीकीकरण गर्न सके नेपालमै मनग्ये कमाउन सकिन्छ भन्ने सन्देश दिएको छ’ रोकाले भने ।
ठूलो सोचका साथ नभई उपभोक्तालाई स्वच्छ सागसब्जी उपलब्ध गराउने उद्देश्यले बजारको स्थापना गरिएको प्रबन्ध निर्देशक गिरीले जानकारी दिए ।
बजारमा लोकल कुखुरा, ब्रोइलर कुखुरा, खसी, हाँस, बट्टाई, माछालगायतको ताजा मासु उपलब्ध छ । सरकारी मापदण्ड पूरा गरेको बधशाला पनि निर्माण गरिएको छ ।
त्यसैगरी, साँगामा आफैंले उत्पादन गरेका र स्थानीयले उत्पादन गरेका सागसब्जी बजारमा बिक्री वितरण गरिने गिरीले जानकारी दिए ।

Halashi agro

Halasi Agro5

Halashi agro4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment