Comments Add Comment

नेपाल एयरलाइन्सको बोइङ आकस्मिक अवतरण

nepal_airlines

१५ फागुन, काठमाडौं । नेपाल एयरलाइन्सको बोइङ ‘बि ७५७’ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

सवा दुई बजेतिर बैंककका लागि उडेको जहाज करिव ९० किलोमिटर उडेपछि फर्किर्एको त्रिभुवन विमानस्थलका महाप्रबन्धक बीरेन्द्र प्रसाद श्रेष्ठले बताए ।

उड्ने क्रममा प्राविधिक समस्या आएपछि जहाजलाई फर्काएर त्रिभुवन विमानस्थलमा अवतरण गराएको निगमले जनाएको छ ।

जहाजमा एक सय ८३ जना यात्रुहरु सवार थिए । सामन्य प्राविधिक समस्या देखिनासाथ अवतरण गराइएको हुँदा यात्रुहरु सकुशल रहनुका साथै जहाजमा पनि कुनै क्षति भएन् ।

जहाजलाई अहिले प्राविधिक टोलीले चेकजाँच गरिरहेका छन् । आकस्मिक अवतरण गरेपनि जहाजले उडान स्थगित गरिनसकेको बताइएको छ ।

ठूलो समस्या नभएको भए नेपाल एयरलाइन्सले पुनः बैंकक उडान गर्ने नेपाल एयरलाइन्सले जानकारी दिएको छ । विगतमा पनि कहीलेकाहीँ यस्तो  प्राविधिक समस्या देखिने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment