Comments Add Comment

इजरायली कृषि प्रविधि अपनाउन राजदूत मेयरको सु्झाव

Chembar-and-Isrel
१७ फागुन, काठमाडौं । नेपालका लागि इजरायली राजदूत यारुन मेयरले सिंचाईको नयाँ प्रविधिबाट कृषि क्षेत्रमा गरेको प्रगति नेपालका लागि गतिलो पाठ हुनसक्ने बताएका छन् ।

आइतबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा राजदूत मेयरले यस्तो बताएका हुन् । इजरायलले नेपालको कृषि क्षेत्रको विकासमा पुर्‍याएको सहयोग बारे चर्चा गर्दै उनले व्यवसायिक प्रतिनिधि मण्डलहरुको आदान-प्रदान गर्नुपर्नेमा जोड दिए ।

राजदूत मेयरले इजरायलको कृषि सम्बन्धी उत्पादन, शीप र प्रविधिको नमूना प्रर्दशनको रुपमा रहेको एग्रिटेक इजरायल-२०१५ मा सहभागी हुन नेपाली उद्यमीहरुलाई विशेष अनुरोध समेत गरेका छन् ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालका उद्यमी व्यवसायीहरु इजरायलका उद्यमी व्यवसायीहरुसँग संयुक्त रुपमा कृषि क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताउँंदै यसका लागि राजदूत मेयरको रचनात्मक सहयोगको अपेक्षा रहेको बताए ।

अध्यक्ष श्रेष्ठले नेपालका प्रा·रिक कृषि उत्पादनको खास गरी छिमेकी मूलुक चीन, भारत र ह·क· जस्ता राष्ट्रिय-अन्तर्राष्ट्रिय बजारमा अत्याधिक माग रहेको बताउँंदै नेपालमा लगानी गरी आर्थिक फाईदा लिन इजरायलका उद्यमी व्यवसायीहरुलाई अनुरोध गरे ।

अन्र्तक्रिया कार्यक्रममा इजरायलका कृषि विज्ञ एभनर एहरलिकले इजरायलले हासिल गरेका शीप र प्रविधिबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले ‘एगि्रटेक इजरायल २०१५’ बारे जानकारी समेत प्रस्तुत गरे ।

अपि्रल २८ देखि ३० सम्म इजरायलको तेल अभिभमा हुने १९औ अन्तर्राष्ट्रिय कृषि मेला तथा सम्मेलनमा सहभागिताबाट नेपालले उल्लेख्य ज्ञान हासिल गर्न सक्ने उनले बताए ।

विगत तीन दशकदेखि एगि्रटेक इजरायलमा ११५ मुलुकबाट करीव ७ हजार कृषि प्रविधि कम्पनीले सहभागिता जनाउने गरेको उल्लेख गर्दै उनले प्रत्येक तीन वर्षमा एक पटक हुने यस्तो प्रदर्शनले इजरेली तथा अन्तर्राष्ट्रिय कृषि प्रविधि समेतको प्रस्तुती एवं प्रदर्शन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment