Comments Add Comment

कोरियामा एक नेपालीको निधन

मीनप्रकाश उप्रेती 

korea-nepaliसउल । रोजगारीका लागि  दक्षिण कोरियामा आएका एक नेपालीको मृत्यु भएको छ । बाग्लुङ्ग नारायणस्थानका २४ बर्षिया अर्जुन अखेलीको मोबाइलमा फिल्म हेर्दा हेर्दै मृत्यु भएको हो ।

तीन महिना अघि दक्षिण कोरियाको मोप्पोमा आएका अर्जुन शनिवार छ बजे सम्म काम  गरी कम्पनीमै खाना खाई कोठामा आएको सँगै काम गर्ने  चितवनका विनोद श्रेष्ठले बताए ।

काम सकेर खानाखाई मोबाइलमा हामी सँगै फिल्म हेर्दै थियौं मेरो घरबाट फोन आएर उता फर्केर कुरा गर्न थाले करिब  १ मिनेको अन्तरमा अर्जुनले हातमा बोकेको मोबाइल एक्कासी भुईमा खसेको  आवज आयो फर्केर हर्दा उनी बिहोस भएको पाएँ ।

स्वास्वा आवाज आएको र पिसाव पनि फेरेको अवस्था थियो । हामीले त्तकाल एम्बुलेन्सलाई फोन गर्‍यौं तर भाषाको कारणले होकि केहो एम्बुलेन्स आउनलाई करिब एकघण्टा लाग्यो त्यस पछि हस्पिटल पु्यायैा तर आधाघण्टाको अन्तरमा हस्पिटलले अर्जुनलाई शनिवार बेलुका दश पच्चिसमा मृत घोषित गरेको विनोदले बताए  ।

हाल अर्जुनको सब पोस्टमार्टमकालागि मप्पो हस्पिटलमा राखिएको छ भने अन्य आवश्यक अनुसन्धान प्रहरी द्धरा भईरहैको श्रमसहचारि अनिल गुरुङ्गले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment