Comments Add Comment

सुशिलको शरीर आकर्षण, के आउँलान् दर्शक ?

hostel-returns
निर्माता सुनिल रावल यतिबेला आफ्नो नयाँ चलचित्र ‘होस्टेल रिटर्न्स’को कथावस्तुलाई त प्राथमिकता दिइरहेका छन् नै । साथमा उनले चलचित्रका मुख्य कलाकार सुशिल श्रेष्ठको आकर्षक शरीरलाई पनि महत्वका साथ प्रचार गरिरहेका छन् । सुशिल पनि स्टेज कार्यक्रम होस् या सार्वजनिक कार्यक्रम, आफ्नो टिसर्ट फुकालेर शरीर शो गर्न अगाडि छन् ।

सुरज भुषालले निर्देशन गरेको चलचित्रमा सुशिल श्रेष्ठ र शशी श्रेष्ठ मुख्य भूमिकामा छन् । चलचित्रको नयाँ पोष्टरमा सुशिलको शरीरलाई निर्माताले महत्व दिएका छन् । बलिउडका कलाकारहरु चलचित्रमा आउने वित्तिकै आफ्नो शरीर शो गर्न लालयित हुन्छन् । सायद, सुशिलमा पनि यही नशा चढेको हुनसक्छ ।

इन्जिनियरिङ बिषय अध्ययन गर्ने यूवा-यूवतीको कथामा यो चलचित्र बनेको छ । नयाँ बर्षको वैशाख २५ गते चल्ने यो चलचित्रका नायकले दर्शकलाई कत्तीको आकर्षण गर्ने हुन् हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment