Comments Add Comment

नागाल्याण्डमा ‘बलात्कारी’लाई कुटेर हत्या

२२ फागुन, काठमाडौं । भारतको नागाल्याण्डमा बलात्कार आरोपीलाई जेल फोडेर बाहिर निकाली स्थानीयले कुटी–कुटी हत्या गरेका छन् । विहीबार दिउँसो स्थानीयको भिडले फरिद खानलाई सुबेको राजधानी दिमापुर जेलबाट बाहिर निकालेर हत्या गरेको डेली मेलले उल्लेख गरेको छ ।

Farid Khanखान असामका कार ब्यापारी हुन् । उनलाई नागाल्याण्डको एक कलेजमा पढ्ने महिलालाई पटक–पटक बलात्कार गरेको अभियोग लागेको थियो । गत फेब्रुअरी २३ तारिखमा बलात्कार गरेको आरोप लागेपछि उनलाई प्रहरीले केही दिनअघि नियन्त्रणमा लिएको थियो ।

कलेजका विद्यार्थीहरुसहित करिब १० हजार जनाको समूहले जेलको फलामे ढोका फोडेर खानलाई बाहिर निकालेको र कुटेर हत्या गरेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । प्रत्यक्षदर्शीका अनुसार घिसार्दै बाहिर निकालेर हत्या गरेपछि स्थानीयले शवलाई चौराहामा लगेर झुण्ड्याइदिएका थिए ।

स्थानीय प्रहरीले भने शवलाई झुण्डाइएको पुष्टी गरेको छैन तर जेल परिसर भित्रै कुटेर हत्या भएको बताएको छ ।

बलात्कारको घटना सार्बजनिक भएपछि दिमापुरमा गत बुधबारदेखि स्थानीयले विरोध प्रदर्शन गर्दै आएका थिए । प्रदर्शनको क्रममा केही सवारी साधनमा आगजनी र तोडफोडसमेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment