Comments Add Comment

मलेसियामा मृत्यु भएका यी नेपाली को हुन ?

रामचन्द्र नेपाल

क्वालालम्पुर । मलेसियाको सेरडाङ अस्पतालमा एक नेपालीको शव अलपत्र अवस्थामा रहेको छ ।

malasea nepali deathमृतकको शव पहिचान नभएपछि अस्पतालमै अलपत्र अवस्थामा रहेको छ ।

सेरडाङमा रहेको प्रहरी चौकीले मृत्यु भएका युवक नेपाली भएको भन्दै नेपाली दुतावासलाई जानकारी गराएको छ । मृतक नेपालीको टाउकोमा गम्भीर चोट छ ।

नेपाली युवकको शव सडक किनारामा देखेको र उक्त ब्यक्ति नेपाली भएको भनी केही नेपालीले वयान दिएको आधारमा प्रहरी चौकीले मलेसियास्थित नेपाली दुतावासलाई जानकारी गराएको हो ।

नेपाली दुतावासले सूचना जारी गर्दे कसैले चिनेको खण्डमा तत्काल दुतावासमा जानकारी दिन आग्रह गरेको छ । मृतकको पहिचान खुलेपछि मात्रै उद्दार प्रकृयामा लाग्न सजिलो हुने दुतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment