Comments Add Comment

साउदी अरबसँग नेपालको लज्जास्पद हार

१५ चैत, काठमाडौं । एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणमा नेपालले साउदी अरेबियासँग लज्जास्पद हार ब्यहोरेको छ ।

आइतबार भएको खेलमा साउदी अरबले नेपाललाई ६-० गोल अन्तरले पराजित गरेको हो । समूह सीमा रहेको नेपालले सबै खेल गुमाएको छ र अन्तिम खेलमा मंगलबार प्यालेस्टाइनसँग खेल्नेछ ।

तहरानस्थित पीएएस रंगशालामा भएको खेलमा नेपालले २२ औं मिनेटमा पहिलो गोल खाएको थियो । त्यसको ६ मिनेटपछि दोस्रो गोल आएको नेपालले पहिलो आफको अन्तिम मिनेटमा तेस्रो गोल खायो ।

दोस्रो हाफको ५४, ६३ र ८५ औं मिनेटमा गोल गर्दै साउदीले ६-० को जित निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment