+
+
Shares

प्रचण्डले प्रधानमन्त्रीलाई फोन गरेर भने-तत्काल केसीका माग सम्बोधन गर्नुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १६ गते ११:३०

prachanda

१६ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल वार्ता टोली गठन गरी अनसनरत डा गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् ।

सोमबार बिहान केसीको अवस्था बुझ्न केसी अनसनरत शिक्षण अस्पताल पुगेका प्रचण्डले केसीको अवस्था बुझी प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरेका थिए ।

फोनमा प्रचन्डले आजै वार्ता टोली बनाएर तुरुन्त डा केसीको माग पुरा गरी आजै अनसन तोडाउनुपर्छ भन्नेमा सुझाव दिएका थिए ।

सुझावपछि प्रधानमन्त्री कोइरालाले यसलाई गम्भीरतापूर्वक लिएको भन्दै । केसीको माग पुरा गर्ने सन्दर्भमा आजै प्रक्रियाको थालनी गर्छु भन्ने प्रतिबद्धता जनाएको प्रचण्डका सहयोगी शिव खकुरेलले अनलाइनखबरलाई जानकारी दिए ।

प्रचण्डले केसीको स्वास्थ्य अवस्थाका बारेमा प्रधानमन्त्रीलार्इ जानकारी गराउँदै स्वास्थ्यस्थिति कमजोर भएकाले चाँडो अनसन तोडाउने वातावरण बनाउन माग गरेका थिए ।

भेटका क्रममा प्रचण्डले भ्रष्टाचार अन्त्य हुनुपर्छ भन्ने मागसहित अनसन बसेका केसीको माग सम्बोधन गर्नुपर्ने भन्दै प्रचण्डले सरकारलाई खबरदारी गर्ने बताएका थिए । प्रचण्डले केसीका जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्ने बताएका थिए ।

प्रचण्डको भेटका क्रममा डा केसीले तीन करोड नेपालीले गुणस्तरीय सेवा पाउनुपर्ने आफ्नो माग रहेको बताएका थिए । उनले सहर या गाउँ जहाँ बसेपनि नेपाली नागरिकलाई समान व्यवहार गर्नुपर्ने, जनतालाई दिनइने सेवाका विषयमा सरकार गम्भीर हुनुपर्ने, जनताको प्रत्यक्ष सहभागिता रहने ठाउँमा राजनीतिक हस्तक्षेप हुन नहुने अडान आफ्नो रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?