- फाइल फोटो
१६ चैत, बिराटनगर । राप्रपा नेपालले शिक्षण अस्पतालका डा. गोविन्द केसीको अनसनप्रति ऐक्यवद्धता जनाएको छ ।
बिरागनगरमा सोमबारबाट सुरु भएको केन्द्रीय कार्य समितिको बैठकले डा.केसीको माग पुरा गरी उनको जीवनरक्षा गर्न सरकारसँग माग गरेको छ ।
बैठकले व्यवस्थापिका संसदको बैठक बोलाउन माग पनि गरेको छ । संसदको हिउँदे अधिबेशन नबोलाएकोमा खेद प्रकट गरेको छ ।
कतिपय विधेयकहरु संसदमा अलपत्र रहेको भन्दै राप्रपा नेपालले महंगी, शान्ति सुरक्षा, बेरोजगारी, लोडसेडिङ्ग, बलात्कार, हिंसा जस्ता जनसरोकारका बिषयहरुको संवेदनशीलतालाई दृष्टिगत गर्दै तत्काल संसदको बैठक आब्हान गर्न माग गरेको छ ।
केन्द्रीय कार्य समितिको बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीति र भावी कार्यदिशा सम्बन्धि राजनीतिक कार्यपत्र प्रस्तुत गरेका छन् ।
सहअध्यक्ष केशरबहादुर विष्टले राप्रपासँग जारी एकता वार्ता प्रक्रिया बारे बैठकमा जानकारी गराएको सहप्रवक्ता मोहन श्रेष्ठले जनकारी दिए ।
प्रतिक्रिया 4